बुटवल : नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि संघिय राजधानीबाहिर मतदान सकिएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा १६ स्थानमा कुल २८ सय ५० मत खसेको छ।
निर्वाचनमा शनिबार १४ सय ७६ मत खसेको थियो भने आइतबार १३ सय ७४ मत खसेको छ। शनिबारभन्दा आइतबार कम मत खसेको छ ।
नयाँ कार्यसमितिका लागि डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह र डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह
मुख्य प्रतिस्पर्धामा छन् ।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रिएका छन् । संघिय राजधानीभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ ।
शनिबार र आइतबार कहाँ कति मत खस्यो ?
१. लुम्बिनी : खसेको मत – ३१६ (आइतबार १३३, शनिबार १८३), मतदाता -३५०
२. पाल्पा : खसेको मत – ७१ (आइतबार २७, शनिबार ४४), मतदाता -१००
३. भेरी : खसेको मत – १७३ (आइतबार ९७, शनिबार ७६), मतदाता – १९६
४. दाङ : खसेको मत – ६० (आइतबार २२, शनिबार ३८), मतदाता – ९०
५. गण्डकी : खसेको मत – २५२ (आइतबार १३९, शनिबार ११३), मतदाता – २६०
६. सिरहा : खसेको मत – ४३ (आइतबार १३, शनिबार ३०), मतदाता – ४५
७. धरान : खसेको मत – ३४५ (आइतबार १८५, शनिबार १६०) , मतदाता -३७३
८. सगरमाथा : खसेको मत – ४६ (आइतबार १३, शनिबार ३३) , मतदाता – ४६
९. जनकपुर : खसेको मत – २३५ (आइतबार १२५, शनिबार ११०) , मतदाता – ३८०
१०. नारायणी : खसेको मत – २६० (आइतबार १०८, शनिबार १५२), मतदाता – ३६५
११. चितवन : खसेको मत – ३९७ (आइतबार २१२, शनिबार १८५), मतदाता – ४५०
१२. मेची : खसेको मत – १२७ (आइतबार ४६, शनिबार ८१), मतदाता – १३०
१३. कोशी : खसेको मत – ३८८ (आइतबार २१५, शनिबार १७३), मतदाता – ६२६
१४. सेती : खसेको मत – ९२ (आइतबार ३४, शनिबार ५८), मतदाता – १०२
१५. सुर्खेत : खसेको मत – २७ (आइतबार ५, शनिबार २२), मतदाता -२७
१६. जुम्ला : खसेको मत -१९, मतदाता – २५ (शनिबार )