सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

नेपालमा भेटियो १ जनामा कोरोना भाइरस

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शुक्रबार, माघ १०, २०७६


नेपालमा भेटियो १ जनामा कोरोना भाइरस

स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेेर जानकारी दिए बमोजिम नेपालमा पनि एक जना व्यक्तिमा कोरोना भाइरस भेटिएको छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि हङकङ पठाएको थियो।

सो बिरामीको रिपोर्ट हिजो आएको र बिरामीमा कोरोना भाइरसको संक्रमण भेटिएको अस्पतालले पुष्टि गरेको हो।

चीनको हुवान सहरबाट फैलिएको सो भाइरसले हालसम्म चीनमा २६ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका बिरामी भेटिएका छन्।

थप जानकारी

https://pahilo.tinaunews.com/doctorartical/935/#.XiqOO7gAU_E.facebook

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra