शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना संक्रमितको उपचारमा खटिएका चिनका डाक्टरको मृत्यु

  • प्रकाशित मिति : आइतवार, माघ १२, २०७६


कोरोना संक्रमितको उपचारमा खटिएका चिनका डाक्टरको मृत्यु

चीनको हुबेई सिन्ह्वा अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ । ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

यो समाचार अनुसार कोरोना भाइरसका कारण डाक्टरको नै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। डा वुदोङको मृत्युसँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। भाइरसका कारण चीनमा १ हजार २ सय भन्दा बढी संक्रमित भइसकेका छन्। डा वुदोङ कोरोना भाइसरको नियन्त्रणका लागि निरन्तर खटिएका थिए।

चीनमा यो भाइरस सबैभन्दा पहिला उहान सहरमा भेटिएको थियो भने चीनसँगै यो भाइरसको संक्रमण अहिलेसम्म जापान, कोरिया, थाइल्यान्ड, अमेरिका र नेपालमा समेत देखिएको छ।

कोरोना भाइरस भनेको के हो ?

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यसले मानिसको अलावा पशुहरुमा पनि संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।

यस भाइरसको संक्रमणबाट कसरी बच्ने ?

सामान्यतया यस भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा पुष्टि भएको छैन र पनि रुघा, खोकी तथा श्वासप्रस्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।

यस भाइरसका मुख्य लक्षण के के हुन् ?

ज्वरो आउने, रुघाखोकी लाग्ने,श्वासप्रस्वासमा अत्याधिक समस्या, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ। कोरोना भाइसर प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिएका तुरुन्त चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ।

यो भाइरसको उपचार के छ ?

नोवेल कोरोनाभाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपी यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ। त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ। साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन।

-एजेन्सी

थप जानकारीको लागि यो पेज like गर्नुहोला

https://www.facebook.com/Swasthya-patra-स्वाथ्य-पत्र-खबर-पत्रिका-362671464385463/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra