काठमाडौं : छिमेकी देश भारतले आफ्नाे ७१ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ ।
नेपालमा रहेकाे भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।
कार्यबाहक राजदूत डा. अजय कुमारले भारतले नेपालको विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स प्रदान गरेको छ ।
इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि थिए ।