आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

चिनबाट सुरुभएको कोरोना भाइस ११ देश पुग्यो

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : सोमवार, माघ १३, २०७६


चिनबाट सुरुभएको कोरोना भाइस ११ देश पुग्यो

काठमाडौं : सबैभन्दा पहिले चिनको उहान सहरमा देखिएको कोरोना भाइरसको संक्रमण विश्वका १० देश सहित नेपालमा समेत आइपुगेको छ।

यो भाइरसले सबैभन्दा बढी चीन प्रभाव जमाएको छ। चीनमा हालसम्म यो भाइरसका कारण ५६ जनाको ज्यान गइसकेको छ भने पछिल्लो तथ्यांकअनुसार १९ सय ८५ जना संक्रमित भएका छन् ।

चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस भेटिएको पुष्टि समेत भइसकेको छ।

यस्तै चीनबाट नै फर्किएका थप दुई नेपाली र एक अमेरिकन नागरिकलाई संक्रमणको आशंका गरिएको छ। उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

भाइरसको संक्रमण चीनपछि सबैभन्दा बढी थाइल्यान्डमा भेटिएको छ। थाइल्यान्डका पाँच जनामा यो भाइरसको संक्रमण भेटिएको पुष्टि भइसकेको छ।

यी हुन् कोरोना भाइरसको संक्रमण फेला परेका ११ देश र संक्रमित संख्या
चीन- १९८५
थाइल्यान्ड- ५
अष्ट्रेलिया- ४
सिंगापुर- ४
जापान- ३
कोरिया- २
भियतनाम- २
मलेसिया- ३
फ्रान्स- ३
अमेरिका- २
नेपाल- १
जम्मा- २०१४
मृत्यु- ५६

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra