शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

१८ देशमा फैलियो कोरोना भाइरस, के यो मानिसबाट मानिसमा सर्छ ?

  • प्रकाशित मिति : शुक्रबार, माघ १७, २०७६


१८ देशमा फैलियो कोरोना भाइरस, के यो मानिसबाट मानिसमा सर्छ ?

नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।

चीन सहित १८ देशमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। चीन बाहेकका देशमा ८२ जनामा यो भाइरस भेटिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार तीन जनामा यो भाइरस मानिसबाट मानिसमा सरेको पाइएको छ। यी मध्ये एक जनाको अवस्था गम्भिर छ।

कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालीन घोषणा गरेको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको जनाउँदै डब्ल्यूएचओले विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको जनाएको छ।

‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ। यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

चिनको उहान सहरमा देखिएको भाइरसको संक्रमण नेपालमा समेत आइपुगेको छ। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस भेटिएको पुष्टि समेत भइसकेको छ।

कोरोना भाइरसको संक्रमण फेला परेका १८ देश र संक्रमित संख्या यस्तो छ
चीन- ९६९२, मृत्यु – २१३
थाइल्यान्ड- १४
जापान- ११
सिंगापुर- १०
अष्ट्रेलिया- ९
मलेसिया- ७
कोरिया- ६
अमेरिका- ६
फ्रान्स- ६
जर्मनी – ४
युएई- ४
भियतनाम- २
क्यानडा -२
कम्बोडिया- १
श्रीलंका – १
नेपाल- १
भारत – १
फिनल्यान्ड – १
जम्मा- ९७७४

नोवेल कोरोना भाइरस भनेको के हो?

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)सम्म गराउन सक्दछ।

मानिस कसरी यो भाइरसबाट संक्रमित हुन सक्छ?

मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन् भन्ने विषयमा आजसम्म वैज्ञानिक तवरले पुष्टि भएको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।

के यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ?

अहिले निश्चितताका साथ भन्न सकिने अवस्था छैन। एउटै परिवारका सदस्यहरु बिरामी भएको पाइएकोले मानव–मानवबीचमा सिमित तवरले सर्ने सम्भावना रहेको अनुमान गरिएको छ। तर, अझै मानिसहरुबीच सहजै सरेको हो भनेर पुष्टि भने भएको छैन। साथै परिवारका सदस्यहरु एकै स्रोतबाट संक्रमण भएको हुनसक्ने सम्भावना पनि रहेको छ।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra