सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आयो आइसियू र सिसियू युक्त एक्बुलेन्स

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, माघ १९, २०७६


गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आयो आइसियू र सिसियू युक्त एक्बुलेन्स

बुटवल : रोटरी क्लब अफ सेन्ट्रल बुटवलले आफ्नो ५ अौं चार्टर नाइटको अवसर पारेर गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई आइसियू र सिसियू युक्त एक्बुलेन्स हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष राजेन्द्र कार्कीले सो कार्यक्रमको अवसर पारेर गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा क्लबका सस्थापक अध्यक्ष एजाज आलमलाई साँचो हस्तान्तरण गरेका हुन ।

प्रदेशका कुनै पनि अस्पतालमा समेत आइसियू र सिसियू सहितको एम्बुलेन्स सेवा नभएको अवस्थामा अत्याधुनिक सेवा सुविधा सहितको एम्बुलेन्स अब यस क्षेत्रमा गुड्ने मुटु अस्पतालका अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ का एजी एजाज आलमले बताए । उनले भने नेपालीहरुको अरुको सिको गर्ने बानि छ अब यो कामलाई देखेर यहाँका धेरै सस्थाले आइसियू र सिसियू युक्त एक्बुलेन्स खरिद गर्ने र सेवाग्राहीले सेवा लिनेछन ।

उक्त एम्बुलेन्समा भेन्टिलेटर, डिफिबेलेटर, मोनिटर, सक्सन सिरिन्ज पम्प लगायतका उपकरण जडित छन् साथै १ जना मेडिकल अफिस र १ जना एच ए सहितको स्वास्थ्य कर्मीको टोली सो एम्बुलेन्समा रहने बताइएको छ ।

स्मरण रहोस, उक्त एम्बुलेन्स खरिद गर्न क्लबले गत कार्तिक २३ मा बुटवल मण्डपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । दिनेशराज रेग्मीको संयोजकत्वमा सञ्चालीत उक्त कार्यक्रम रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ, बुटवल रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रूपन्देही, रोट्रयाक्ट क्लब अफ जिबिसी बुटवल, रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवल, रोट्रयाक्ट क्लब अफ भैरहवा र इन्ट्रयाक्ट क्लब अफ जनता मावि लगायतका सस्थाले सहआयोजना गरेका थिए ।

https://pahilo.tinaunews.com/news/970/

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra