बुटवल – रोटरी क्लब अफ सेन्ट्रल बुटवलको पाचौं चार्टर नाइटको अवसर पारेर सुरज खरेलको अध्यक्षतामा नयाँ क्लब रोटरी क्लब अफ सेन्ट्रल रुपन्देही गठन भएको छ । जसमा इलेक्ट प्रेसिडेन्ट कुल थापा , नोमिनी प्रेसिडेन्ट पप्पु गुप्ता , सचिब चिरन अर्याल , कोषाध्यक्ष मोहन केसी सहसचिब चिन्तामणी सुबेदी , सह-कोषाअध्यक्ष क्षितिज भण्डारी लगायत ४८ जना रहेको कार्यसमिति घोषणा गरिएको छ ।
कार्यक्रममा सुरज खरेल, कुल बहादुर थापा र पप्पु कुमार गुप्ताले समान दस हजार युएस डलर गरी संयुक्त तीस हजार युएस डलर प्रोजेक्टको मेजर डोनर लिएवापत क्लबको रोटरी पिन प्राप्त गरे ।
उक्त कार्यक्रममा सेन्ट्रल रुपन्देहीका सदस्य डा. सन्तोष कुमार बस्यालले मेघा प्रोजेक्टको घोषणा गरिका हुन । उक्त प्रोजेक्टले अटिजम , स्पाइनल् कोर्ड इनजुरी , स्टिम थेरापी , ट्रेनिङ , फेलोशिप लगायतका कार्यक्रम समावेश गरिएको बस्यालले बताए ।
सोही कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई आइसियू र सिसियू युक्त एक्बुलेन्स हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले सो कार्यक्रमको अवसर पारेर गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष तथा क्लबका सस्थापक अध्यक्ष एजाज आलमलाई साँचो हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा रोटरी क्लब ईन्टरनेश्नलका पिडिजि बासुदेव गोल्यान, एजी आर. सी. आचार्य, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, रोटरी क्लब अफ सेन्ट्रल लमहीका अध्यक्ष रबिलाल आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।
https://pahilo.tinaunews.com/news/965/#.XjZSRlzu_24.facebook