शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

५ मिनेट भन्दै ८ घण्टा डाक्टर नआउँदा बालिकाको मृत्यु

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, माघ १९, २०७६


५ मिनेट भन्दै ८ घण्टा डाक्टर नआउँदा बालिकाको मृत्यु

बुटवल – अस्पताल पुगेको आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा पुर्‍याइएकी कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी ८ वर्षिय सुविका थापामगर बालिकाको मृत्यु भएको छ ।

उनलाई गत शुक्रबार राति १२ बजे मेडिकल कलेज पुर्याइएको थियो तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ ।

शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मृत घोषणा गरेको थियो । बालबालिकाकि आमा सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाकी मृत्यु भएको हो ।

पेट दुख्ने समस्या देखिएपछि सुविकालाई शुक्रबार कपिलवस्तुबाट बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल -आम्दा)मा पुर्‍याइएकामा आम्दाले भिडियो एक्सरे गर्ने डाक्टर नभएको भन्दै मेडिकल कलेज रिफर गरेको सरुले बताइन् ।

‘मेडिकल कलेजमा चौबिसै घण्टा डाक्टर हुन्छन्, त्यहाँ लैजानुस् भनेर रिफर गरेपछि राति १२ बजे बिरामीलाई पुर्‍याएका हौं,’ सरुले भनिन्, ‘यहां ल्याउँदासम्म बच्ची राम्रै अवस्थामा थिइन्, मज्जाले कुराकानी गर्दैथिन्,डाक्टर बोलाउनुभन्दा ५ मिनेटमा आउनुहुन्छ भन्दाभन्दै ८ घण्टासम्म आएनन्, सिकारु नर्सको गलत उपचार र ओभरडोज औषधिले अकालमै ज्यान गयो ।’

८ घण्टासम्म डाक्टर नआएपछि बिरामीका आफन्तले डिस्जार्च दिनुस् हामी अन्य अस्पताल लैजान्छौं भन्दा डिस्चार्ज पनि नदिएको सरुले बताइन् । ‘८ घण्टासम्म न डाक्टर आएर चेकजाँच गरे, न भिडियो एक्सरे भयो न डिस्चार्ज माग्दा दिए,’ उनले भनिन्, ‘अस्पतालको लापरबाहीले नै बच्चीको मृत्यु भएको भन्ने ठहर भएको छ ।’ बालिका बाणगंगाा बोर्डिङ स्कूलमा कक्षा २ म अध्ययनरत थिइन् ।

कलेजले गठन गर्यो पाँच सदस्यीय छानबिन समिति

मेडिकल कलेजको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले घटनाको छानबिन, दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग राख्दै दबाब दिएपछि डा. सन्जिव रन्जनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra