शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

माघ २१ गते गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा हुदै

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : सोमवार, माघ २०, २०७६


माघ २१ गते गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा हुदै

गुल्मी : गुल्मी जिल्लामा माघ २१ गते स्वास्थ्य बिमा कार्यक्रम घोषणा हुने भएको छ । गुल्मी क्षेत्र नं. १ प्रतिनिधि सभा सांसद तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वास्थ्य बिमा कार्यक्रमको घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत खिमलाल ज्ञवालीले जानकारी दिए ।

दुई नगरपालीका र १० गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु र सवै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बिमाको बारेमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । भने प्रत्येक वडाहरुमा दर्ता सहयोगी कार्यकर्ता छनौट गरिएको ज्ञवालीले बताए ।

अहिले बिमा दर्ता सहयोगीहरुको अभिमुखीकरण तम्घासमा संचालन भइरहेको छ । सहयोगीहरुलाई स्वास्थ्य बिमा के हो ?, प्रत्येक घर परिवार कसरी यो प्रक्रियामा आवद्ध गर्ने ?, लगत संकलन, स्वास्थ्य बिमा परिचय पत्र वितरण र कार्यक्रममा आवद्ध भए बापत भुक्तान गर्नुपर्ने योगदान रकम लगायतका बिषयमा प्रशिक्षण भइरहेको बिमा बोर्डका प्रदेश संयोजक मनोज पौडेलले बताए ।

बिमाको माध्यमबाट जोखिम कम गरेर आम नेपाली नागरिकलाई स्वास्थ्यको पहुँच स्थापित गर्न यो कार्यक्रम संचालन भएको गुल्मी जिल्ला दर्ता अधिकारी डिकेन्द्र बिष्टले बताए । उनले माघ, फागुन र चैतमा बिमा कार्यक्रममा आवद्ध परिवारले जेठ १ गतेबाट स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । भने बैशाख, जेठ र असारमा आवद्ध भएकाले भदौबाट, साउन, भदौ र असोजमा आवद्ध परिवारले मंसिरबाट र कार्तिक, मंसिर र पुसमा आवद्ध परिवारले माघ १ गतेबाट स्वास्थ्य सेवा प्राप्त गर्ने डिकेन्द्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra