शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोरोना भाइरस ग्रस्त चिनको वुहानबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र

  • प्रकाशित मिति : बुधबार, माघ २२, २०७६


कोरोना भाइरस ग्रस्त चिनको वुहानबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर वुहानमा रहेर पीएचडी गर्दै रहेकी विद्यार्थी पत्रकार प्रमिला देवकोटाले पत्र लेखेकी छिन् । उनले पत्रमा प्रधानमन्त्री केपी ओली, नेकपा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले मंगलबार साँझ बालुवाटारमा बाँसुरी र सांरगी बजाएको प्रसंगलाई जोडेकि छिन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि कोठाभित्र थुनिएका नेपाली विद्यार्थीका तर्फबाट देवकोटाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीलाई यस्तो पत्र लेखेकी छिन् ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ।

तपाइहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला । हामी यहा चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरको मुरली हेरेर आफैलाई चिथोरीरह्यो। हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौ। हामी यहा हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौ , हाम्रो घर फकने समाचारको आसमा। त्यो समाचार त पाएनौ तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौ। हामी तपाई रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा हामीलाई लाग्दैन् तपाईको मुटु त्यति कठोर छ। तर तपाईले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।

हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौ। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौ। हामीले यहा डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहर सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउछ। अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ ? भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझनुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।

देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन्। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईहरुले। हामी यहा सोच्दैछौ कुनै दाता तपाइकाहा हामीलाई १४ दिन गििदने प्रस्ताव लिएर किन आइदिएन। त्यो सहरमा हामी अट्ने ठाउ खोज्न तपाईहराले चीनले अस्पताल बनाउने भन्दा बढी समय लगाउनुभयो। तपाईहरालाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौ हामीले ? त्या सोचर पनि आफैलाई चिथोर्न मन लाग्छ।

कुन समय आउछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आस छ, हामी यहा सकुशल हुदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरआसमा अत्यासिएर बाच्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra