शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

चिकित्सकको सुरक्षाका विषयमा ठोस कदम नउठाए विरोधमा उत्रन्छौं –चिकित्सक संघ

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


चिकित्सकको सुरक्षाका विषयमा ठोस कदम नउठाए विरोधमा उत्रन्छौं –चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले चिकित्सकहरुको सुरक्षाका निम्ति तत्काल कुनै ठोस कदम नउठाए कडा विरोधको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

संघले डडेल्धुरा अस्पतालमा भएको आक्रमणका दोषीलाई कारबाही गर्न पनि माग गरेको छ। उक्त अस्पतालमा भएको घटनाको विरोधमा त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा संघले एक्यबद्धता समेत जनाएको छ।

संघले डडेल्धुरा अस्पतालमा प्रहरी कार्यालयको पत्र सहित पोष्टमार्टमका लागि शव ल्याई पोष्टमार्टम कार्य गरिरहेको अवस्थामा जनप्रतिनिधिकै नेतृत्वमा अस्पताल परिसरभित्र हुलदंगा, गाली बेइज्जती गर्दै चिकित्सकमाथि हातपात तथा ढुंगा प्रहार गरिएको घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको हो।

‘स्वास्थ्य सेवा प्रवाहमा गुण्डागर्दी शैली अपनाएर असुरक्षित वातावरण सिर्जना गर्ने दोषी उपर कानुनी कारबाही नभएसम्म स्वास्थ्य सेवा प्रवाहमा नफर्कने गरी उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनप्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ,’ संघका महासचिव डा लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘चिकित्सकहरुको सुरक्षाका निम्ति तत्काल कुनै ठोस कदम नउठाएको खण्डमा संघले कडा विरोधको कार्यक्रम सञ्चालन गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ।(स्वास्थ्य खबरबाट) 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra