शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

लुम्बिनी प्रादेशिक अस्पताल परिसरका सटरमा बिहानै डोजर

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६


लुम्बिनी प्रादेशिक अस्पताल परिसरका सटरमा बिहानै डोजर

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु भत्काउन सुरु गरिएको छ । प्रदेश सरकारको निर्देशनमा बिहीबार बिहानै अस्पतालका सटरहरु भत्काउन डोजर परिचालन गरेको हो ।

एकाबिहानै डोजर सटर भत्काउन पुगेपछि व्यवसायीहरु तितरबितर भएका छन । व्यवसायीहरुले सामानहरु सुरक्षित गर्न नपाएको गुनासो गरेका छन्।
सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरेर सटरहरू भत्काइरहेको छ । सटर खाली गर्न व्यवसायीलाई सरकारले पटकपटक ताकेता गरेको थियो तर व्यवसायी अदालत पुगेका थिए । लुम्बिनी प्रादेशिक अस्पताल सटर संघर्ष समितिका उपाध्यक्ष तथा व्यवसायी तुल्सीराम शर्माले अदालतले गरेको आदेशबारे प्रशासनलाई जानकारी गराउँदा पनि सरकारले जबर्जस्ती गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra