बिहिबार, माघ १७, २०८१ Thursday 30th of January 2025

के हो अक्सिमिटर र यसले के काम गर्छ ?

  • स्वास्थ्यपत्रकर्मी
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८


के हो अक्सिमिटर र यसले के काम गर्छ ?

यतिबेला कोरोनाको महामारी छ । अहिलेको समयमा स्वास्थ्य क्षेत्रमा मास्क, सेनिटाइजर, भेन्टिलेटर, आइसियु/एनआईसियु/एचडियु/आइसोलेसन, अक्सिजन, जस्तै गरेर चर्चित अर्को नाम हो ‘अक्सिमिटर’ ।
जुनबेला हामीले आफ्नो शरीरमा अक्सिजनको मात्रा घटेको महसुस गर्छौं, त्यो बेलासम्म हामीमा जोखिमको मात्रा बढ्दै गएको हुन्छ । त्यसैले त्यही अक्सिजनको मात्रा शरीरमा कम भएको महसुस गर्नुभन्दा पहिले नै त्यसको मात्रा पत्ता लगाउने प्रविधि हो, अक्सिमिटर ।

अक्सिमिटरले लक्षण नदेखिएका बिरामीको रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्ने काम गर्छ । यही अक्सिमिटरबाट अक्सिजनको मात्रा परीक्षण गर्ने विधिलाई अक्सिमेटरी विधि भनिन्छ ।

स्वास्थ्य विज्ञहरू कोरोनाको सम्भावना देखेर क्वारेन्टिनमा बसेका र आइसोलेसनमा बसेकाले समेत सम्भव भएसम्म अक्सिमिटरको प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् ।

अहिले कोरोना भाइरसको महामारी बढिरहेको बेलामा अक्सिजनको अभावले धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढिरहेको बेला शुरुमा नै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुन्छ ।

अक्सिमिटरको प्रयोग गरेर गरिने परीक्षणले मुटु र फोक्सोको कार्यलाई कुनै असर परेनपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिन्छ ।

यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो । यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ । यसले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्छ ।

अक्सिमिटरका फाइदा

बजारमा थरीथरीका पल्स अक्सिमिटर पाइन्छ । यसका आफ्नै छुट्टै विशेषता हुन्छन् । तर यसको फाइदा भने समान खालको हुन्छ ।

सबैभन्दा मुख्य फाइदा भनेको त फोक्सोमा निमोनियाको मात्रा आकाशिनुपूर्व नै यो प्रविधिको प्रयोगले हामीलाई सचेत गराउन मद्दत गर्र्छ । विशेषगरी पल्स अक्सिमिटरले शरीरको स्वास्थ्य परीक्षणमा निम्न फाइदा गर्छ ।

१) समयको साथमा अक्सिजनको मात्राबारे निरीक्षण गर्न ।
२) विशेषगरी नवजात शिशुहरूमा अक्सिजनको कमीका कारण खतरनाक स्थितिबारे सूचना दिन ।
३) दीर्घकालीन श्वासप्रश्वास वा हृदयसम्बन्धी समस्या भएका मानिसहरूको मानसिक स्थितिको विश्लेषण गर्न ।
४) पूरक अक्सिजनको लागि आवश्यकता मूल्यांकन गर्न ।

के हो अक्सिजनको लेभल ?

रगतमा अक्सिजनको मात्रालाई पर्सेन्टेजको आधारमा नाप्ने गरिन्छ । शरीरमा रातो रक्त समूहको आधारमा शरीरमा अक्सिजन स्याचुरेसनलाई पर्सेन्टेजमा बताउने गरिन्छ । उदाहरणको लागि यदि कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत देखाएको छ भने रगतमा अक्सिजनको मात्रा केवल ४ प्रतिशतको कमी छ ।

कति हुन्छ स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ?

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

कसरी गर्ने अक्सिजनको लेभल परीक्षण ?

अक्सिजनको लेभल परीक्षणको लागि उपयुक्त विधि भनेको अक्सिमिटरको प्रविधि उपयुक्त हुन्छ । यसको बीचमा औंला राख्दा यसभित्र एक किसिमको बत्ती बलेको देखिन्छ । यसले रक्तकोषको रंग र त्यसको हलचललाई ‘डिटेक्ट’ गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra