बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

दाँतका कुरा – अमृत पीयूष

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १९, २०७६


दाँतका कुरा – अमृत पीयूष

बिगत १५ बर्ष देखि दन्त स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छु ।
“स्वस्थ मुख स्वस्थ शरीर ” भन्ने नाराका साथ कुनै न कुनै बहानामा मुख स्वाथ्यकै शिलसिलामा नेपालको ६० जिल्लामा पुगिपनी सकेको छु र नेपालमा ९५% मानिसमा दात तथा मुख सम्बन्धि कुनै न कुनै समस्या छ नै । यसको प्रमुख कारण भनेको खानपान तथा मुखको सरसफाइलाई ध्यान नदिनु नै हो । जसले गर्दा मुख फोहोर हुँदै हाम्रो शरीर फोहोर हुन्छ । मुखको अती सामान्य समस्या पनि पछि बिकराल रुप लिन्छ । त्यसैले बेला बेलामा मुखको सरसफाइ तथा चेक जाँच गरिनु आबश्यक हुन्छ ।
अर्को कुरा ,
यति लेख्नु र फेसबुकमा पोस्ट गर्नु को अर्थ के भन्ने प्रश्न तपाइले गर्न पनि सक्नुहुन्छ ? तर के भनेनी धेरै मुख तथा दातको रोगीहरुलाई मेसिन बाट दाँत सफा गरौं भनेर भन्दा उहाँहरुले भन्नुहुन्छ :- दात सिरिङ सिरिङ हुन्छ, दात सफा गर्यो भने छिटो झर्छ आदि ।
यदि त्यस्तो हुने भए मैले आज सम्म १० /१२ पटक दाँत सफा गरिसके खै त मेरो दात मा समस्या छैन त ?
केही समस्या हुन सक्छन तर ती समस्या सामान्य भन्दा सामान्य नै हुन । आउनुहोस बिस्तृत कुरा सङ्गै बसेर गरौला ।

कम्सेकम दन्त क्लिनिक वा अस्पतालमा बर्षको एक पटक जाने बानी आफू पनि गरौ र परिवारलाई पनि लैजाउ ।
बिहान बेलुका खाना पछि अनिवार्य ब्रस गर्ने बानी
बसालौ ।
“स्वस्थ्य मुख स्वस्थ शरीर ” भन्ने भनाइलाई आत्मसात गरौ ।
धन्यवाद
आधुनिक समाज डेन्टल बुटवल
सामाजिक सञ्जाल फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra