बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

मुख स्वास्थ्य अनि कोरोना संक्रमण

  • डा. नशिब पाण्डेय/ डा. सुस्मित कोजु
  • प्रकाशित मिति : शनिबार, चैत्र ८, २०७६


मुख स्वास्थ्य अनि कोरोना संक्रमण

हाम्रो शरीरको मूल ढोका अर्थात मुखको माध्यमबाट विभिन्न रोगहरुले प्रबेश पाउदछ। विश्व स्वास्थ्य संगठनले विश्व ब्यापी रुपमै एन-कोभिड १९ महामारी घोसना गरेको परिपेक्ष्यमा आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवसका अवसरमा केहि सान्दर्भिक तथ्य केलाउन चाहन्छौ।

सन् २०१९ को अन्त्यमा चीनको हुवेइ (Hubei) प्रान्तमा एन-कोभिड १९ कोरोना भाइरसको संक्रमण देखा पर्यो। नोबल कोरोना (एन-कोभिड १९) कोरोना भाइरस अन्तर्गत पर्ने एउटा प्रजाति हो। यसले मानब शरीर अनि जीव जन्तुहरुमा स्वास प्रस्वास तथा आन्द्राको संक्रमण निम्त्याउने गर्दछ। सन् २००२ अघि कोरोना भाइरसका कुनै पनि प्रजातिलाई घातक सिद्ध मानिएको थिएन। चीनको ग्वान्दोंग (Guangdong) प्रान्तमा सन् २००२ नोवेम्बर र २००३ जुलाई मा पहिलो पटक सार्स (SARS)का रुपमा देखा परेको थियो। त्यसबेला संक्रमित ८,०९८ मध्ये ७७४ जनाको मृत्यु भएको थियो । त्यसैगरी कोरोना भाइरस कै नया प्रजाति (MERS) साउदी अरेबियामा सन् २०१२ मा देखापरेको थियो, जसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ८६६ पुगेको छ भने संक्रमितको संख्या २,५१९ रहेको छ। कोरोना भाइरसहरु मध्ये हाल सम्मकै घातक एन-कोभिड १९ ले ८६४८ को ज्यान लिईसकेको छ। विश्व स्वास्थ्य संगठनको मिति २०२० मार्च १९ को प्रतिबेदन अनुसार १९,११२७ संक्रमित मध्ये ७,८०७ जनाको मृत्यु भैसकेको छ र बिगत २४ घण्टामा मृत्यु हुनेको संख्या ७८६ रहेको छ ।

यो भाइरसको संक्रमण भएको अवस्थामा मुख्यत जोरो आउने, सुख्खा खोकी लाग्ने साथ साथै कलेजो बाट उत्पादन हुने तत्व (enzymes) को ब्रिधि हुने देखिएको छ । यसका साथ साथै घाटी दुख्ने, टाउको दुख्ने, छाती कस्सिएको महसुस हुने, पखाला लाग्ने र थकाई लाग्ने जस्ता सामान्य लक्ष्णहरु पनि देखा पर्न सक्छन। यी लक्ष्णहरु मध्ये जोरो तथा खोकी अरु स्वास प्रस्वास सम्बन्धि रोगहरु जस्तै इन्फ्लुएन्जा (influenza), सिन्सैतियेल भाइरस (respiratory syncytial virus) लगाएत अन्य स्वास प्रस्वास सम्बन्धि समस्या गराउने भाइरसहरुको संक्रमणमा पनि देखिन सक्छ।
एन-कोभिड १९ कोरोना भाइरस संक्रमण महामारीको अवस्थामा स्वास तथा यरोसोल (हावा र पनि मिस्रित सुक्ष्म कण) का माध्येमबाट एक अर्कामा सर्ने तथ्य हामी मझ आएको छ। एक अध्ययन अनुसार कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दा २ देखि १० दिन पछि मात्र यसका लक्ष्णहरु देखा पर्ने हुनाले दन्त उपचारका लागि आउने बिरामीहरु संक्रमणको स्रोतका रुपमा प्रस्तुत हुन सक्छन। सोहि अध्ययन अनुसार निर्जीव बस्तु जस्तै धातु, सिसा र प्लास्टिक मा ९ दिन सम्म पनि यो जीवाणु रहिरहन सक्छ। यस कारणले आज विश्व मुख स्वास्थ्य दिवस मनाईरहदा दन्त चिकित्सकहरु उच्च जोखिममा रहेका छन्। दन्त उपचारका लागि दाँत सफा तथा भर्ने क्रममा प्रयोग हुने साधनहरुले उत्पन्न गर्ने यरोसोल र स-साना पानीका बुंदाहरु बिरामी, दन्त चिकित्सक र दन्त सहायकहरुमा छरिने गर्दछ। तेसैलेगर्दा पनि उपचार का लागि आउने बिरामीहरु क्रस कन्टामीनेशन (cross-contamination) को जोखिममा रहन्छन्।
यस अवस्था मा अत्यावाश्यक बाहेक का अन्य सामान्य दन्त उपचारहरु संक्रमण रोक थाममा नआएसम्मका लागि पछि सर्दा वा स्थगित गर्दा नै बेश हुने देखिन्छ। दन्त चिकित्सलायमा हुने संक्रमण नुइनिकरनका लागि ६२-७१% इथानोल (ethanol), ०.५% हाईड्रोजन पेरोअक्साइड (hydrogen peroxide) अथवा ०.१% सोडियम हाइपोक्लोराइट (sodium hypochlorite) संक्रमित निर्जीव बस्तुहरुमा एक मिनेट भित्र प्रयोग गर्न अवाश्यक छ।

दन्त उपचारमा आइपर्ने आपत कालिन अवस्थाहरु यस प्रकार हुन सक्छन:

१) कुनै कारण बस मुख तथा गिजाबाट रक्त श्राप भएमा र रगत बग्ने क्रम नरोकिएमा,
२) अत्याधिक मात्रमा मुख तथा दाँतमा साहन नसकिने गरि दुखाई भएमा,
३) दुर्घटना अथवा अन्य कुनै कारण बस दाँत अथवा मुखमा चोट पट लागेमा,
४) मुख अड्किएर बन्द गर्न नसकिएको अवस्थामा,
५) मुख को हड्डी भाचियेमा,
६) कुनै पनि चोटपटक तथा संक्रमणको कारणले गाला, अनुहार तथा घाटीको ओरिपरि सुन्निएर थुक निल्न/ सास फेर्न गारो भएमा।

यस जोखिम पूर्ण अवस्थामा पनि बिरामी प्रतिको जिम्बेवारीलाई बहन गरिरहेका चिकित्सकहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्न का निम्ति बिसेस पहलकदमी आजको आवश्येकता हो। साथ साथै बिरामीहरुमा संक्रमण हुन नदिनका लागि जोखिम न्युनिकारणका उपायहरु कडा रुपमा अपनाउनु पर्ने देखिन्छ। यसका लागि उपयुक्त सावधानीका साधनहरु जस्तै मास्क (mask), फ्येश सिल्ड (face shield), हेड क्याप (head cap), पन्जा (glove), गाउँन (gown) आधी पर्याप्त मात्रामा उपलब्ध हुन जरुरि छ।
सरोकारवाला निकयेहरु बीच समन्वय तथा आपसी समझधारी हुन जरुरि देखिन्छ। साथै बिरामीहरु बाट पनि यस कठिन घड मा उत्तिकै सहयोगको आवश्यकता पर्दछ। यस सम्बन्धि ज्ञान देश भरका दन्त चिकित्सक साथ साथै जना मानश मा पुर्याउनु पर्दछ।

(लेखक द्वय कान्तिपुर डेन्टल कलेज, बसुन्धारा काठमाडौँमा कार्यरत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra