बिहिबार, चैत्र १५, २०८० Thursday 28th of March 2024

डर नमानौं, संक्रमित अझै धेरै पत्ता लाग्ने छन्

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६


डर नमानौं, संक्रमित अझै धेरै पत्ता लाग्ने छन्

आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड-१९ को दोस्रो चरणमा पुगेको छ ।

परीक्षणको दायरा बढाएकोले यो पत्ता लागेको हो । पत्ता लाग्नु राम्रो कुरा हो । यो परिणामको कारण परिक्षणको दायरा अझै बढ्नेछ । जति व्यक्तिमा कोरोना संक्रमण छ, त्यो सबै पत्ता लागेमा रोग नियन्त्रण झनै प्रभावकारी हुनेछ । तसर्थ हामीले चिन्ता लिनु जरुरी छैन

हामीसंगै १ व्यक्ति संक्रमित देखिएका पाकिस्तानमा २७०८ जना संक्रमित भएका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २९९ संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । श्रीलंका र नेपालमा लामो समय १ जना संक्रमित भएर ग्रिन जोनमा थिए । अहिले श्रीलंकामा १५९ जना संक्रमित छन् भने ५ जनाको मृत्यु भइसकेको छ ।नेपालमा १ जना संक्रमित हुँदा बंगलादेशमा शुन्य संक्रमण थियो । अहिले बंगलादेशमा ७० जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । लामो समयसम शुन्य भएको म्यान्मारमा अहिले २० जना संक्रमित छन् भने १ जनाको मृत्यु भइसकेको छ । त्यस्तै माल्दिभ्समा १९ जना संक्रमित छन् । हामीभन्दा थोरै अघिं रहेको भारतमा ३०८२ जना संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भइसकेको छ । एकजना अम्रिकन संक्रमित हुनेबित्तिकै सम्पूर्ण उडान रद्द तथा सिमा बन्द गरेको भुटानमा ५ जना संक्रमित छन् ।त्यस्तै हामीभन्दा पछि संक्रमित अफ्रिकन देशहरुमा संक्रमित तथा मृतकको संख्या धेरै पुगेको छ । युरोपियन मुलुकहरु, अमेरिका, क्यानडा, इरान, चीन, जापान, कोरिया लगायत देशमा संक्रमित र मृतक अधिक हुँदा पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन सुरक्षित रुपमा चलिरहेको छ ।

हामी किन डराउने ? किन चिन्तित हुने ? हामी घरभित्र बसेका छौं, हात धोइरहेका छौं, बच्ने तरिका बुझेका छौं भने हामीलाई कोरोना भाइरस सर्दैन । कोरोना हामीलाई खोज्दै घरभित्र आउने हैन । हामी नै खोज्दै भीडमा जाने हो । तसर्थ सतर्क रहौं, डर बिल्कुल नमानौं । अर्को कुरा संक्रमण हुँदैमा मृत्यु हुने पनि होइन । अहिले कोरोना संक्रमणको मृत्युदर २ % पनि छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra