शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

के हो यौन रोग ? यौन रोग बढ्नुको प्रमुख ४ कारणहरु

  • डा सुर्य पराजुली
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


के हो यौन रोग ? यौन रोग बढ्नुको प्रमुख ४ कारणहरु

के हो यौन रोग ?

परिचय:

यौन रोग (एसटीआई) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ ।
साधारणतया यौन रोग लागेको व्यक्तिसाग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तै: भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा, आदि । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म हुन पुगेको तथ्य हामीसाग छर्लङ्ग छ । यौन रोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको छ ।

यौनरोगका लक्षणहरु :
–महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु ।
(नोट: महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो), तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु , महिनाबारीबाहेक योनीबाट रगत बग्नु । पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी बग्नु, पिसाव गर्दा दुख्नु(पोल्नु, लिंगवरिपरि गिर्खा , पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु) महिला/पुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग र मुख वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घााटी दुख्नु, ज्वरो आउनु, जीउ दुख्नु गुप्ताङ्ग वरिपरि सुनिनु । (नोट: पुरुषको लिंगको, लिंगमुण्डको चारैतिर रहेका राता साना बिमिराहरु नर्मल हुन् ।)

यौनरोग सर्ने माध्यमहरु
सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति संक्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा रगतबाट सार्न सक्दछ । यसबाहेक छालासागको सिधा सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला, महिला–पुरुषमा सर्दछ ।

यौनरोगबाट बच्ने उपाय र उपचार
हामीलाई ज्ञात भएकै हो, रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो । यौनसागको सम्वन्धमा त यो झनै सान्दर्भिक हुन््छ।

बच्ने उपायहरु
–धेरैजना संग असुरक्षित यौन सम्पर्क नराख्ने ।
–यौनरोग भएको अथवा माथिका लक्षणहरु देखिएकासँग यौनसम्पर्क नराख्ने ।
–आकस्मिकरुपमा अथवा राम्रोसाग नचिनेको व्यक्तिसाग यौन सम्पर्क नराख्ने ।
–यौनसम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने ।
–गुप्ताङ्गमा घाउ छ, सुनिएको छ वा गााठो छ भने तुरुन्त डाक्टरलाई देखाउने ।
–यौनरोगको औषधिको पूरा मात्रा सेवन गर्ने ।
–औषधिले निको नभएमा डाक्टरलाई पुन: भेट्न जाने ।
–आफूसागै आफ्ना सम्पूर्ण यौन साथीको सागसागै उपचार गर्नुपर्छ ।
–यौन सम्पर्क गरेपछि गुप्ताङ्ग सफा गर्ने ।

यौनरोग र एड्स
यौनरोग भइसकेका मानिसलाई एड्स लाग्ने सम्भावना अत्याधिक पाइएको छ । यौनरोग लागेका महिला वा पुरुष भएमा कण्डमको प्रयोग गर्दा पनि एड्स सर्न सक्ने अवस्था देखिन्छ । हुन त मानिसले कण्डम प्रयोग गरिसकेपछि आफू सुरक्षित यौन सम्पर्क गर्दैछु भन्ने सोच राख्दछ तर एउटा बुझ्नैपर्ने कुरा के छ भने महिलाको योनीरस पुरुषको कण्डम लगाएको लिङ्गबाहिरको घाउ खटिरामा लागेर एड्स सर्न सक्दछ । अर्को कुरा यौन सम्पर्क गर्दा यौनरोगीका गुप्ताङ्गमा हुने घाउ/खटिराबाट रोग सर्ने सम्भावना अझ प्रबल देखिन्छ ।

पुरुष–पुरुष, महिला-महिला, महिला–पुरुष हुने अप्राकृतिक यौन सम्पर्क जस्तो गुदा मैथुन, मुख मैथुन हुादा शरीरका तन्तुमा बढी क्षति पुगी यौनसाग अझ सजिलै रोग सरेको अध्ययनहरुको माध्यमबाट पत्ता लागिसकेको छ ।

यौनरोग/एड्स र भीसीटी
भीसीटी अर्थात् स्वेच्छिक परामर्श तथा परीक्षण, यौन/एड्स रोग पत्ता लगाउन गरिने पद्धति हो । यस पद्धतिमा तपाईको गोपनियता भङ्ग नगरी तपाईंलाई जााच गरिन्छ । जााच गर्नुअघि तपाईंलाई परामर्श दिइन्छ । तपाईंको आत्मविश्वास वृद्धि गरिन्छ र परीक्षणपश्चात् आएको नतिजाअनुसार तपाईलाई सहयोग सल्लाह र उपचार प्रदान गर्ने काम गरिन्छ । तपाईंको नजिकै भीसीटी केन्द्रमा गएर यी कामहरु गर्न सक्नुहुन्छ ।

वैदेशिक रोजगारी र यौनरोग/एड्स
वर्तमान अवस्थामा कैयौं नेपालीहरु काम, अध्ययन तथा पर्यटकीय हिसाबले विदेश जाने प्रचलन ह्वात्तै बढेको छ । विदेशिएका साथीबाट राम्रै रुपमा पैसा घर–परिवारलाई पठाउने गरेको पाइन्छ । जसले परिवारको आर्थिक अवस्था सुध्रिएको छ । देशले रेमिटेन्स प्रशस्त संकलन गरेको छ ।

तर अर्को पक्षलाई नियाल्दा परिवारबाट टाढा रहादा आफ्नो यौन प्यासलाई मेट्ने असुरक्षित यौन सम्पर्क राख्ने गरेको कुरा त तपार्इंहरुले सुन्नु/भोग्नु भएकै छ । जब घर फर्किनुहुन्छ तब तपाईंले आफ्नो परिवारलाई यौनरोग/एड्स उपहार दिएको त हामीले प्रशस्तै देखेका छौं । यो त्यति व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन र ? देशको स्वास्थ मन्त्रालय सम्हालेर बसेका आदरणीय विद्वत वर्गले यो विषयवस्तुलाई व्यापक गरिदिए सााच्चै भविष्यको त्यो विकराल स्वास्थ्य समस्यालाई रोक्न सकिन्थ्यो कि ?


मानिसको बद्लिदो जीवनशैलीका कारण यौन रोग पनि बढ्दै गएको छ । यौन रोग बढ्नुको मुख्य ४ कारण निम्न छन् ।

१)अहिले सामाजिक मुल्य र मान्यतामा परिवर्तन आएसंगै युवावर्ग विवाहपुर्व यौन सम्पर्क बनाउन कुरा सामान्य भइसकेको छ । यौन क्रियाकलापमा बढेको स्वतन्त्रताले यौन रोग पनि बढ्दै गएको छ । असुरक्षित यौन संबन्धले महिलामा विभिन्न प्रकारका यौन रोग जस्तो सिफलिस,गनोरिया र पुरुषमा एचआइभी एड्स जस्ता गंभिर रोग सर्ने खतरा बढेर जान्छ । यौनअंगमा संक्रमणको कारण अनेकौं रोगको खतराको साथै निसन्तानपन जस्ता समस्या पनि उत्पन्न हुन सक्छन् ।

२) मानिसहरुले आफ्नो करियरलाई धेरै महत्व दिँदा विवाह ढिलो गर्न थाल्छन् । धेरै गर्भनिरोधक चक्कीको प्रयोगले यौन स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दै जान्छ । जसले गर्भधान गर्न पनि समस्या बढेर जान्छ । करियरलाई नै बढी प्राथमिकता दिँदा गरेको यौन क्रियाकलापले मानसिक र शारीरिक समस्या निम्ताउँछ ।

३) अस्तव्यस्त जीवनशैली, रातभर पार्टीमा धुम्रपान र रक्सीको सेवनले यौन जीवनलाई प्रभाव पार्छ । धुम्रपान गर्ने मानिसको शुक्रकिटको संख्या र त्यसको गतिशिलतामा पनि कमि आउँछ । महिलामा भने मासिक चक्रमा गडबडी आउने जस्ता समस्याले सताउँछ ।

४) मानिसहरु अहिले यति व्यस्त भएका छन् कि शारीरिक श्रमको नाममा केहि पनि गर्दैनन् । हिंड्न मन नपराउने, भ¥याङ नचढ्ने, कुनै व्यायम पनि नगर्ने गर्छन् । विहान बेलुकी पनि यसो खुल्ला हावा खान पनि बाहिर निस्कँदैनन्। शारीरिक श्रम नर्गनाले शरीरमा पाचनप्रक्रिया निस्कृय भएर जान्छ । पाचनप्रकृया निष्कृष हुँदा शरीर दुर्बल हुने वा बोसो जम्ने हुन्छ । समय भन्दा अगाडी नै कपाल सेतो हुने , झर्ने, छाला चमकविहिन हुन जान्छ र अनुहार पनि समयभन्दा अगाडी नै बुढो देखिन जान्छ । जसले मानिसमा यौन प्रति खासै रुचि नहुने वा यौन समस्या बढ्दै जान्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra