शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

मुख धुँदा भुलेर पनि गर्न नहुने १० गल्तीहरु

  • सन्देश भण्डारी
  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६


मुख धुँदा भुलेर पनि गर्न नहुने १० गल्तीहरु

प्रायः हामी सबैको बानि बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने रहेको छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने गर्नु पर्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ ।

यो कुराहरुलाई तपाई अाफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ ।

१. अनुहार धुदन हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२. अनुहार चाहिने भन्दा बढी धुनु हुँदैन । यसो गर्दा अनुहारको छालामा असर गर्छ ।

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नु पर्छ । अनुहारमा धेरै रगड्नु घातक हुन हुन्छ ।

४. अनुहारमा असर गर्ने सामाग्री जतिसुकै आकर्षक भएपनि प्रयोग गर्नुहुँदैन ।

५. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म रगड्नु हुदैन ।

६. अनुहारमा मसाज गर्नु राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुपर्छ ।

७. अनुहार सफा गर्दा हतार गर्नुहुँदैन । सँधै राम्रोसँग अनुहार सफा गर्नुपर्छ ।

८. अनुहार सफा गरेपछि छाला सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुपर्छ ।

९. अनुहारमा लगाउने कुनै पनि सामाग्री किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नु पर्छ ।

१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि गर्नुहुदैन ।

(लेखक सामान्य चिकित्सक हुन, हाल देवदह मेडिकल कलेजमा कार्यरत छन)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra