शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

आत्महत्या भनेको के हो ? मानिसहरूले किन गर्छ आत्महत्या ? कसरी रोक्ने ?

  • डा. विक्रम काफ्ले
  • प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६


आत्महत्या भनेको के हो ? मानिसहरूले किन गर्छ आत्महत्या ? कसरी रोक्ने ?

आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ । जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन् । त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ। बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन्। यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ।

हरेक बर्ष विश्वमा ८ लाख भन्दा बढ़ी मानिसहरु आत्माहत्याको कारणले मर्ने गर्छन् । आत्माहत्याको प्रयास गर्नेको संख्या झन धेरै छ । नेपालको तथ्याङ्क हेर्ने हो भने बर्षेनि ६८०० भन्दा बढी मानिसले आत्माहत्या गर्दछन । यसमा पनि १५ – ३० बर्ष उमेरका धेरै गरेको देखिएकोछ । नेपालमा हाल १५-४९ वर्ष उमेरका महिलाहरुमा मृत्युको प्रमुख कारण आत्माहत्या हो । यसले पछिल्लो समय नेपालमा महिलाहरुमा हुने मृत्युको प्रमुख कारण प्रसूति सम्बन्धी समस्या  लाई उछिनेको छ ।

आत्माहत्या प्रयासगर्ने मानिसहरुको आफ्नै बिभिन्न कारणहरु हुन्छन । कतिपय मानिसहरु मानसिक  समस्या बाट गुजरीएका हुन्छन् । उदासीनता(डिप्रेशन ) एउटा प्रमुख कारण हो । त्यस्तै अन्य कारणहरुमा मद्यपान तथा लागुऔषधको प्रयोग गर्नु, कडा किसिम को मानसिक रोग (स्चिज़ोफ्रेनिया, बाइपोलर डिसऑर्डर ), चिन्ता(एंग्जायटी) र अनियन्त्रित बनी व्यबहार (पर्सनालिटी डिसऑर्डर) को समस्या हुन । यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्या सँग लड्न नसक्ने र भविष्यलाई अंधकार देख्ने गर्नाले आत्माहत्याको बाटो रोज्ने गर्छन ।

हाम्रो समाजमा मानसिक रोग लागेका प्रति नकारात्मक सोच भएको हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् र यो रोग लगेपछि यसको उपचार गर्न जादैनन् । त्यसैलेपनि आत्माहत्याको संख्या दिनानुदिन बढ्दोछ । आत्माहत्याको बाटो रोज्न पुग्नेहरु प्राय: मर्न नचाहेको र कोही आएर उनिहरु लाई रोकीदिए हुन्थ्यो भन्ने महसुस गर्छन् । कोही आएर उनिहरु लाई आफु ठिक भए नभएको सोधिदिए हुन्थ्यो, आफ्नो कुराहरु सबै बताउने चाहना राख्दछन तर त्यस्तो नहुने उनिहरु बताउछन ।

मानिसहरु कतिपय समयमा आफुहरुले उनिहरुसँग कुरा गर्नुपर्छ भन्ने जन्दाजान्दै पनि केही गर्न चाहादैनन । यसका केही कारणहरु मध्ये ब्याप्त भ्रम ‘आत्माहत्याबारे कुरा गर्दा यस्ले झन उनिहरुको मनमा आत्माहत्या गर्न प्रोत्साहन गर्छ भन्नेछ ।’ तर यसबारे कुरा गर्दा उनिहरुमा भएको आत्माहत्याको सोचाई सांग सम्बन्धित तनाब  घटाउन मद्दत गर्छ, त्यो व्यक्तिलाई उसको भावनाहरु बुझिदिएको जस्तो महसुस हुन्छ र आफ्नो समस्या को बारेमा छलफल गर्नको लागी इच्छुक हुन्छ र सही ठाउँमा गएर उपचार गर्न मद्दत पुग्दछ । अर्को भ्रम ‘जसले आत्मा हत्या गर्छ उसले कुनै संकेत नै दिदैन’ । तर यस्तो नभै विभिन्न संकेतहरु दिएको हुन्छ । जस्तो – सधाको लागी सूती रहना मन लाग्छ भन्नु , कसैले मलाई मद्दत गर्दैन भन्नु, अब मेरा सबै समस्याहरु छिट्टै समाधान हुदैछन भन्नु , बाँच्ने इच्छा नभएको भावना ब्यक्त गर्नु, आफ्ना बहुमूल्य सरसामानहरु अरुलाई बाँडीदिनु आदि ।

आत्महत्याकका कारणहरु

– मानसिक समस्याबाट ग्रसित
– पछिल्लो समयमा साथीभाई वा घरका आफन्तबाट आत्मा हत्या भएको
– गंभीर तनाब, प्रतिक्रिया र आशाबिहीन हुने
–  बिगतमा पनी आत्मा हत्याको प्रयास गरेको ( अत्याधिक औसधी सेवन गरेको, स्वयंमलाई चोट पुराउने)
– गरीबी , बेराजगारी, एक्लै बसने , लागु औषधको सेवन गर्ने , सम्बन्ध बिच्छेद आदि

रोकथामका उपायहरु
-आत्माहत्या सत प्रतिशत रोकन सकिन्छ । यो एउटा मानसिक समस्या हो ।
– आत्माहत्या हुन सक्ने संकेतहरु पहिचान गरी उनिहरु संग कुरा गरौँ ।
– धेरै जसो आत्माहत्या योजनबद्ध हुनेहुनाले नजिकका आफन्तले ख्याल गरौं ।
–  समाजले आत्माहत्या रोकथाममा  ठुलो भूमिका खेल्दछ , मानसिक रोग सम्बन्धी नकारात्मक सोचलाई परिवर्तन गरी पीडित समूहलाई सचेतना प्रदान गर्नुपर्दछ ।

बिगत २ बर्ष देखि रुपन्देही जिल्लामा सुसाइड प्रिवेंशन हेल्पलाइन नंबर  ९८०२६३७१११ सञ्चालन मा छ ।  यो नम्बरमा बिहान ८ देखि बेलुका ७ बजे सम्म मनारोग सम्बन्धी जानकारी लिन सकिन्छ ।

(लेखक : नशा तथा मानसिक रोग बिशेषज्ञ  /देवदह मेडिकल कलेज, रुपन्देही )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra