बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६


मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

कहिलेकाही तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । हामी सोध्छौं, ‘के भयो अचानक ?’
उत्तर प्रायको उस्तै आउने गर्छ, ‘हार्ट अट्याक ।’ अर्थात हृदयघात । मुटुको कार्यसंचालनमा अप्रत्यासित अवरोध पुगेपछि यस्तो अवस्था आउँछ ।

अनुसन्धानकर्ताहरु भन्छन, विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात एक हो । हृदयघात जसलाई, जतिबेला पनि हुनसक्छ । यसको सबैभन्दा बढी जोखिममा मुटु रोगी पर्छन ।

मुटुरोग लाग्ने अनेकन कारण छन् । त्यसमध्ये अस्वस्थ्यकर जीवनशैली र तनाव पनि एक हो । पछिल्लो समय मुटु रोगी बढ्नुमा यही कारण मूख्य मानिएको छ । अझ दुखलाग्दो त के छ भने, तनाव कम गर्ने वाहानामा धुमपान,मद्यपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ ।

मुटु रोगको जोखिम कम गर्नका लागि पनि सबैभन्दा पहिले स्वास्थ्य प्रति सर्तकता अपनाउनु पर्छ । साथै, मुटुको रोगको लक्षणबारे जानकारी लिएर पनि मुटु रोगको जोखिम कम गर्न सकिन्छ ।

मुटु रोगका लक्षण

-हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने गर्छ ।

-खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । र, मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटु रोगको संकेत हो ।

मुटु सम्बन्धि कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रकि्रया सम्बन्धि समस्या हुने गर्छ ।

-कयौ पटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु पनि मुटु रोगको संकेत हुनसक्दछ ।

-सास लिनमा कठिनाई महसुस हुनु वा कम सास फेर्नु पनि हृदयाघातको प्रमुख लक्षण हो ।

-मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने गर्छ । र, यो दुखाई क्रमश हाततिर सर्दै जान्छ ।

-मुटु रोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलावी हुने गर्छ । जुन हृदयाघातको एउटा लक्षण हो ।

-शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण हो । कुनै व्यक्तिलाई मुटु सम्बन्धि समस्या भएमा विना शरीरीक परिश्रम पनि शरीरबाट पसिना निस्कने गर्दछ ।

रोगबाट कसरी बच्ने ? 

चिकित्सकहरुका अनुसार मुटु रोग लाग्ने प्रमुख कारण भनेको तनाव नै हो । त्यसैले, मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ ।

मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभएमा पनि मुटु सम्बन्धि रोग लाग्ने गर्छ । त्यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्नका लागि पनि  स्वच्छ वातावरणमा लामो लामो सास फेर्न जरुरी छ । यसले पनि मुटुलाई स्वस्थ राख्न सहायता प्रदान गर्दछ ।

त्यस्तै, नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धि एक्सरसाइज गरेर पनि मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra