शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मृगौला र मृगौला रोग सम्बन्धी बुझनै पर्ने कुराहरु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २५, २०७९


मृगौला र मृगौला रोग सम्बन्धी बुझनै पर्ने कुराहरु

मृगौला भनेको शरीरको पेट पछाडि ढाडको दुवैतिर रहेको दुईवटा अति महत्वपूर्ण अगं हो । रगतमा भएको फोहोर पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् ।

नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । मृगौला किन फेल हुन्छ त ? प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । मृगौलाको फिल्टरले काम नगरेर नै छिन छिनमा पिसाब लाग्ने गर्छ ।

मृगौला फेल हुने कारणहरु

– हृदयघात
– मुटुरोग
– अत्याधिक मदिरा सेवन,
– उक्त रक्तचाप
– मधुमेह
– संक्रमणजन्य रोग
– कलेजो, बिग्रेको अवस्थामा
– मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ, र
– ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।

के हुन लक्षण ?

– थकाइ र कमजोरीको महसुस हुनु,
– काममा कम ध्यान जानु,
– खानामा अरुचि,
– निदाउन कठिनाइ,
– राति खुट्टाको मासु गल्नु र फर्किनु,
– गोडा सुन्निनु,
– बिहान आँखा वरिपरि सुन्निनु,
– छाला सुख्खा हुनु र चिलाउनु,
– राति बढी पिसाब लाग्नु, रक्तअल्पता ।
– महिनावारीमा अनियमितता
– स्याँस्याँ हुने ,
– पिसाब फेर्न गाह्रो हुने र छिन छिनमा पिसाब लाग्ने हुन्छ ।

मृगौला रोगबाट कसरी बच्ने त ?

– कम्तीमा वर्षमा एक पटक मृगौलाको नियमीत परीक्षण गराउने ।
– खानपानमा ध्यान पुर्याउदै अक्जालेट कम भएका खाना खान खाने ।
– पान, गुटखा र सुपारी,मधपान धुमपानको कुलत बाट टाढारहने ।
– जथाभाबि एन्टिवायोटीको प्रयोग नगर्ने, गर्नैे परेपनी चिकित्सकको सल्लाहनुसार प्रयोग गर्ने
– प्रयाप्त पानी पिउने ।
– तौल सन्तुलनमा राख्नु र
– रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन् ।
– औषधि प्रयोगमा सावधानी अपनाउने ।
– सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानी हटाउने ।
– स्वच्छ पानी प्रशस्त पिउने ।
– नियमित व्यायाम गर्ने ।
– जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने ।
– सन्तुलित आहार गर्ने बानी बसाल्ने र
– परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra