बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

सुखमय यौन जीवन बनाउने उपायहरु

  • स्वास्थ्य संवाददाता
  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६


सुखमय यौन जीवन बनाउने उपायहरु

श्रीमान श्रीमती बिच हुने यौन जीवन जति सरल, सहज र आत्मिक हुन्छ त्यति अन्य पारीवारिक जीवन पनि सहज हुन्छ । आत्मिक हुन्छ । यौनजन्य क्रियाकलाप गर्दा जति खुल्न सक्यो उति जीवनका सबै पाटाहरु रंगिन बन्छन । सन्तान उत्पादन पुर्वको यौन जीवन जति रोमाञ्चमय हुन्छ सन्तानलाई जन्म दिएपछि यौन जीवनको उत्साहप्रद चरण सकियो भन्ने ठान्नु हुँदैन । बरु यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुपर्छ । यसका लागि केही उपायहरु छन् जुन तपाईले अनुसरण गर्नुहुनेछ भन्नेमा पुर्ण आशावादी छौ ।

सेक्सको महत्व बुझ्नुस् : 
प्राय उमेर पुगेर बैवाहिक बन्धनमा बाँधिएका श्रीमान श्रीमती वा कुनै एकले सेक्सलाई महत्त्व नदिदा यौन जीवन राम्रो हुदैन । श्रीमान् र श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न तथा श्रीमान्–श्रीमतीबीचको आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।

महिनावारी चक्रलाई पर्खिनुहोस् :
बच्चालाई जन्म दिएको केही महिनापछि महिनावारी पुनः सुचारु हुन थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको चाहना पनि बढ्दै जान थाल्छ । महिलामा आएको यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन जीवनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गर्नुस् ।

आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस्: 
बच्चा जन्माउने बेलामा महिलाले श्रीमानको महत्व बढी गहिरोसँग बुझ्छन् भने श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्ने अवसर पाउँछन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।

‘फोरप्ले’मा सरिक हुनुस् : 
सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको केही सातापछि श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको केही महिनापछि मात्रै यौन सम्पर्क राख्नुपर्ने सल्लाह डाक्टरहरूले दिने गर्छन् तर, यसबीचमा आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ ।

कोठालाई रोमान्टिक बनाउनुस् : 
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ।

सचेत रहनुस् : 
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ। बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ।

मन प्रसन्न हुने काम गर्नुस् :
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पुर्याउँछ। यसका लागि दुवैजनालाई मन पर्ने फिल्म संगै बसेर हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ।

संवाद गर्नुस् :
यौन सम्पर्क गर्दा गर्ने संवादले यौन सन्तुष्टिमा धेरै फरक पार्ने हुदा खुलेर यौनजन्य संवाद गर्नुस जसको कारणले साथीलाई थप उर्जा दिन सकोस । सन्तानोत्पत्तिपछि श्रीमान्–श्रीमतीबीच संवाद बढ्नुपर्छ । यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ । आमा बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ।

रुचि देखाउनुस् : 
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस्। यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra