बुटवल
झट्ट सुन्दा अमृत समान ठानिने दूध पिउन नहुने भन्ने कुरा अपत्यारिलो लाग्न सक्छ । लाग्नु पनि स्वभाविक हो । दूधले मासिनलाई स्वस्थ बनाउँछ । यो कुरा पनि सत्य हो कि मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ । स्वस्थ व्यक्तिले नियमित अत्याधिक मात्रामा दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।
दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल हुने र तौल बढ्ने समस्या आउन सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ ।
हरेक स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । दूधमा चिल्लो पदार्थ र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दूध नलिँदा राम्रो हो ।
त्यस्ता ब्यक्तिलाई भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनकि, भैँसिको दुधमा गाईको दूधमा भन्दा दोब्बर चिल्लो पदार्थ हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।