अचेल पनि बूढापाकाहरू गाउँघरमा दिनहुँ लसुन खाने सल्लाह दिन्छन् । उहाँहरूको अनुभवलाई भने अव विज्ञानले पनि स्विकारेको छ ।
लसुन स्वास्थ्यको लागि लाभदायक देखेपछि हाल केही विशेषज्ञहरू दिनहुँ लसुनको एउटा पोको खाने सल्लाह दिन थालेका छन् । ‘मटुरिटास’ नामक विज्ञान पत्रिकामा केही समयअघि प्रकाशित अनुसन्धान अनुसार लसुन उच्च रक्तचापको उपचारमा फाइदा गर्न सक्छ । यो अनुसन्धान गर्न आस्ट्रेलियाको चिकित्सकहरूले ५० यस्तो रोगीमा परिक्षण गरिएको थिय सम्लग्नमध्ये केहीलाई औषधिसँगै लसुनको चारवटा क्याप्सुलसमेत ख्वाइयो । अध्ययन अन्तर्गत पाइयो कि औषधिसँगै लसुनसमेत सेवन गर्ने रोगीको रक्तचाप अन्य रोगीको दाँजोमा कम थियो ।
लसुन सेवनका अन्य फाइदाहरु
-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।
-लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।
-लसुनको सेवनले रुघाखोकी लगायतका विमारी हटाउन मद्दत गर्छ ।
-लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।
-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।
-खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।
-हड्डीको विकासमा सहयोग पुर्याउँछ ।
-आयु लम्ब्याउँछ ।
-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।