बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

सन्तुलित भोजन भनेको के हो ? खानामा के के कुराको मिश्रण हुनुपर्छ ?

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६


सन्तुलित भोजन भनेको के हो ? खानामा के के कुराको मिश्रण हुनुपर्छ ?

कल्पना  पोखरेल

“हाम्रो  शरीरलाई आवश्यक पर्ने तत्वका लागि बिशेष खाद्य तत्वहरूको समिश्रणबाट तयार पारी उचीत मात्रा मिलाएर गरिने भोजन नै सन्तलित भोजन हो ।”

पोषण भनेको के हो ?
सामान्यतया पोषण भन्नाले शरीरको बृद्धि, कोष तथा तन्तुरूको निर्माण तथा मर्मत, शरीरको सुरक्षा गर्न र शक्ति उत्पादन गर्न चाहिने तत्व हो ।

मानिसको लागि आवश्यक पर्ने पौष्टिक तत्वलाई ६ प्रकारमा वर्गिकृत गरिएको छ ।
– कार्बोहाईड्रेट
– प्रोटिन
– चिल्लो पदार्थ
– खनिज
– भिटामिन 
– पानी

शरीरमा पोषणको भुमिका

– कार्बोहाईड्रेट
शक्ति प्रदान गर्न, रोगसँग जुध्नको लागि क्षमता वृद्धि गर्नको लागि हाम्रो शरीरलाई कार्बोहाइड्रेटको आवश्यक्ता पर्ने गर्दछ । कार्बोहाईड्रेट प्राप्त हुने खानाहरु – मकै, चामल, गहुँ, सखरखण्ड, आलु, तरूल, उखु, केरा, भुईकटहर, आप, मेवा, एभोकाडो

– प्रोटिन
हाम्रो शरीरलाई प्रोटिन पनि नभई नहुने तत्व हो । कोषको वृद्धि, विकास गर्न, शरीरको कार्य संचालन गर्न तथा विभिन्न रोगसँग लड्नको लागि प्रोटिन आवश्यक पर्ने गर्दछ । प्रोटिन पाईने खानाहरु – बोडी, सिमी, च्याउ, केराउ, भटमास, माछा, मासु, दुध, अण्डा

–चिल्लो पदार्थ
मुटु, कलेजो, फोक्सोको रक्षा गर्ने कामहरु चिल्लो पदार्थले गर्ने हुनाले हाम्रो शरीरलाई चिल्लो पदार्थको आवश्यक्ता पर्ने गर्दछ । चिल्लो पदार्थ पाईने खानाहरु दूध, रातो मासु, तेल, घ्यु एभोगाड्राे

–खनिज
शरीरको तन्तुको वृद्धि विकासको लागि, मांशपेशीहरूको विकासमा मद्धत गर्नको लागि हाम्रो शरीरलाई खनिजको आवश्यक्ता पर्दछ । खनिज पदार्थ पाइने खानाहरु – माछा, मासु, दुध, दहि, मुला, गाजर, सिस्नु, पालुङ्गो,

–भिटामिन
भिटामिनले शरीरको हाड जोर्नी, दाँत तथा विभिन्न तन्तुहरूलाई बलियो बनाउन मद्धत गर्छ । मानिसको आखाँ तेजिलो र स्वस्थ राख्नको लागि भिटामिनको आवश्यक पर्छ ।
भिटामिन पाईने खानाहरु :
केरा, आप, मेवा, फर्सी, काक्रो, लट्टेको साग, गाजर, काउली, पालुङ्गो, अण्डा, माछा, कलेजो -भिटामिन ए
भुईकटहर, स्ट्रबेरी, कागती, मेवा, गेडागुडीहरू केराउ, सिमी, बाडी, चना -भिटामिन बी
कागती, स्याउ, सुन्तला, भोगटे, गोलभेडा, अम्बा, भुईकटहर, लिची, -भिटामिन सी
सुर्यको कीरण, माछा, दुध, अन्न बाली साथै दुधजन्य पदार्थ जस्तैस् दही, नौनी, घिऊ -भिटामिन डी
स्ब्रोकाउली, कुरिलो, सलगम नरिवल, काजु, सुर्यमुखि फुलको तेल -भिटामिन ई
बन्दाकोबी, काउली, ब्रोकाउली, कुरिलो, अन्नबाली, माछा, कलेजो, अण्डा -भिटामिन के

–पानी
शरीरमा तापक्रम सही राख्नको पानीको आवश्यकता पर्दछ । एक व्यक्तिले कम्तीमा पनि दिनको ८ गिलास वा २ लिटर पानी पिउन जरुरी छ ।

(लेखक स्वास्थ्यकर्मी हुन)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra