शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

मेवा पाचन प्रणालीमा पुर्याउँछ टेवा

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६


मेवा पाचन प्रणालीमा पुर्याउँछ टेवा

पाचनका लागि सबै आवश्यक गुणले भरिपूर्ण मेवा शरीरलाई पोषण दिने अत्यन्त स्वास्थ्यवर्द्धक फल हो । यसले शरीरको क्षारलाई सन्तुलित राख्छ ।
मेवामा ‘पपेन’ नाउँ गरेको पदार्थ पाइन्छ । यसलाई धेरै राम्रो पाचक मानिन्छ । मेवाको रसले प्रोटिनलाई सजिलै पचाउँछ । यसैले मेवा पेट र आन्द्रासम्बन्धी विकारमा धेरै लाभदायक मानिन्छ । यसले पेट र आन्द्रालाई सफा गरेर क्षारको प्राकृतिक स्तर बनाउने काम राम्ररी गर्छ ।

यो मांसाहारलाई गलाउन काम लाग्छ । भोजन पचाउन यो अत्यन्त सहायक हुन्छ । मेवाको नियमित सेवनले अरुचि हट्छ, कब्जियत निको हुन्छ र भोकमा वृद्घि हुन्छ । कलेजो तथा जन्डिसमा मेवा धेरै फायदाकारी मानिन्छ । यसको प्रयोग सौन्दर्य प्रसाधनमा समेत गरिन्छ ।Meroghar

लामो समयसम्म मेवा खानाले बोसो कम हुन्छ र कम्मरको सौन्दर्य बढ्छ । एक सय ग्राम मेवामा ९८ क्यालोरी पाइन्छ । यस्तै दुई ग्रामसम्म प्रोटिन, एकदेखि दुई ग्राम ‘रेसा/फाइबर’, तथा ७० मिलिग्राम लौहतत्त्व हुन्छ । यसमा पानीको अंश ८९.६ प्रतिशत, प्रोटिन ०.५, बोसो ०.१, कार्बोदित पदार्थ ९, क्षार तत्त्व ०.५, क्याल्सियम ०.०१ र फास्फोरस ०.०१ प्रतिशत पाइन्छ ।

यसमा भिटामिन ‘ए’ र ‘सी’, प्रचुर मात्रामा पाइन्छ । आँपपछि सबैभन्दा बढी भिटामिन ‘ए’ मेवामै पाइन्छ । यो जसरी पाक्न थाल्छ, त्यसरी नै यसमा भिटामिन ‘सी’ को मात्रा बढ्न थाल्छ ।

यसमा पाइने भिटामिन ‘ए’ छाला एवं आँखाका लागि धेरै आवश्यक छ । यो भिटामिनले छाला स्वस्थ, स्वच्छ र टल्किने हुन्छ । यस्तै भिटामिन ‘बी’ र ‘डी’ पनि बढी मात्रामा पाइन्छ । मेवामा फस्फोरस, म्याग्नेसियम, सोडियम तथा शरीरका लागि आवशयक अन्य खनिज लवणसमेत पाइन्छ ।

एक अध्ययनका अनुसार काँचो मेवामा भिटामिन ‘सी’ ४० देखि ९० मिलिग्राम, आधा पाकेकामा ५० देखि ९० मिलिग्राम र पाकेकामा ६० देखि एक सय ४० मिलिग्राम पाइन्छ । मेवामा हुने जम्मा चिनीको आधा भाग ग्लुकोज र आधा फल सर्कराका रूपमा हुन्छ ।

मेवा सौन्दर्य प्रसाधनमा समेत उपयोग हुन्छ । पाकेको मेवाको लेदो बनाएर अनुहारमा लगाउनाले कालो पोतोबाट बच्न सकिन्छ । यसले छालाको रुखोपना हट्नुका साथै चाउरी पर्ने समस्या कम हुन्छ । यो स्वाभाविक ‘ब्लिच’ सँगै छालाको स्निग्धताको समेत रक्षा गर्छ । अनुहारको दाग हटाउन यो धेरै प्रभावकारी मानिएको छ ।

आयुर्वेदका अनुसार मेवा खानाले धातुसम्बन्धी विकार र वीर्यको कमी हटाउँछ । यसले पाचनशक्तिलाई सुधार गर्नुका साथै पेटजन्य विकार हटाउँछ । काँचो मेवा खानाले कफ–वातको वृद्घि हुन्छ तर यो अजीर्ण, कलेजोको विकार, पाइल्स आदि रोगका लागि गुणकारी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra