बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

कोरोना संक्रमण – बोल्ड डिसिजन गरौँ !

  • डा. रवीन्द्र पाण्डे
  • प्रकाशित मिति : शनिबार, फाल्गुन १७, २०७६


कोरोना संक्रमण – बोल्ड डिसिजन गरौँ !

१. भिजिट नेपाल १ बर्ष सारौँ । भिजिट नेपाल २०२१ मा राखौं । कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ । अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छन्, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं। कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ । घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन् । हाम्रो अभिष्ट पुरा हुँदैन |

२. WHO ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ । कोरोना भित्रियो भने पशुपतिनाथको पुजा गर्नु बाहेक सरकारको तयारी केहि पनि छैन । यो तथ्य हाम्रो सरकारले नबुझेपनि WHO ले बुझेको रहेछ ।

३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले फ्लिम हल पनि बन्द गर्न सकेका छौनौं । फ्लिमहल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ । उल्टो हामीहरु स्कुलबाट फिलिम हेर्न सबै बिधार्थी लाने गरेका छौं । त्यो पैसा बरु चन्दा दिंदा राम्रो हुन्छ ।

४. स्कुल तथा कलेजहरुले बार्षिक परीक्षा अघिं सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ ।

५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशाला राखौं । अरु रोगको लागि त्यसको बिपरित दिशामा ब्यबस्था गरौँ । अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो । यो तथ्य मनन् गरौँ ।

६. अभिभावकले रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं । घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं । राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ ।

७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ । ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ ।

८. सम्भावित औषधि, पानी, खाध्य पदार्थ, मास्क, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि बिशेष गाउन ….सरकारले ३-४ महिनाको लागि जोहो गरोस ।

९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन | जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन । ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन | तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ गर्नुपर्छ ।

१०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम / गाइडलाइन, साधन उपलब्ध गराएर तम्तयार रुपमा राख्नुपर्छ ।

( लेखक जनस्वास्थ्य बिज्ञ हुन )

– स्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra