शनिबार, साउन २, २०८३ Saturday 18th of July 2026

रोक्न नहुने शारीरिक वेगहरु

  • डा. वर्षा पौडेल
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २२, २०७६


रोक्न नहुने शारीरिक वेगहरु

आयुर्वेदमा यस्ता धेरै कुराहरु छन्, जो आज भन्दा धेरै वर्ष पहिले लेखिएको भएतापनि आजका दिनसम्म उत्तिकै सान्दर्भिक रहेका छन् | अहिले हामी हाम्रो मौलिक शास्त्र र आफ्ना पुर्खाहरुले भनेका र गरेका कुरा मान्ने र त्यसलाई लागु गर्न त्यति बढि चासो दिदैनौं जति हामी पश्चिमी कुराहरुमा आकर्षित हुन्छौं र पैसाले किनेको कुरालाई धेरै महत्व दिने गर्दछौं ।

हाम्रो आयुर्वेद शास्त्रमा थुप्रै कुराहरु छन् जसले हामीलाई स्वस्थ भई धर्म, अर्थ, काम र मोक्षको प्राप्ति गर्न उत्प्रेरित गर्दछन्  यी मध्ये हाम्रा आचार्यहरुले शरीरबाट निस्किने विभिन्न कुराहरु धारण गर्न (रोक्न) नहुने बताउनुभएको छ । यी वेगको धारण गर्नाले शरीरलाई कष्ट हुने र रोग उत्पन्न हुने कुरा उल्लेख गरिएको छ । धारण गर्न नहुने वेगहरुमा मूत्र (पिसाब), पुरीष (दिसा), शुक्र (वीर्य), अपानवायु (तलमार्ग बाट निस्किने वायु), छर्दि (वान्ता), क्षवथु (हाँच्छ्यु), ऊर्ध्व वायु (डकार), ज्रीम्भा (हाइ आउनु), क्षुधा (भोक), तृष्णा (प्यास), वाष्प (आँशु), निद्रा, कास (खोकी) तथा परिश्रमजन्य श्वास (स्याँ स्याँ) जस्ता कुराहरु शरीरबाट निष्काशित हुनेबेलामा धारण गर्न नहुने बताइएको छ । यी कुराहरुको दीर्घकाल सम्म पनि धारण गर्यौं भने व्याधि उत्पन्न हुने कुरामा कुनै संशय छैन ।

विभिन्न खालका रोग तथा शरीरमा हुने असहजतालाई मध्यनजर गरेर बाहिरी कुरा भन्दा आफ्नो शरीरको कुरा सुन्ने र बुझ्ने बानी बसाल्यौं भने आरोग्यता हाम्रै हातमा छ ।

(लेखक : इन्टर्न, आयुर्वेद क्याम्पस शिक्षण अस्पताल, कीर्तिपुर हुन्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra