शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

‘कोरोनाले सबैलाई मारिहाल्दैन, सामान्य खोकी र ज्वरोमै निको हुन्छ, मनोबल बढाऔं’

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६


‘कोरोनाले सबैलाई मारिहाल्दैन, सामान्य खोकी र ज्वरोमै निको हुन्छ, मनोबल बढाऔं’

अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ। सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ। आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था छैन।

केही विषयमा ध्यान दियौं भने जोगिन सकिन्छ। निम्न विषयमा ध्यान दिऔं।

१) कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन। फैलिएपनि त्रास मान्नुपर्दैन। कोरोना कमजोर भाइरस हो, कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८५ प्रतिशतलाई सामान्य खोकी, ज्वरो आएर आफै निको हुन्छ।

बाँकी १५ प्रतिशतलाई स्वासप्रश्वासको समस्या देखा पर्न सक्छ। उनीहरुलाई अस्पताल जानुपर्ने हुन्छ। उपचारपछि अधिकांश निको हुन्छन्। २.३ प्रतिशतलाई मृत्युको डर हुन्छ, २.३ प्रतिशत मृत्युदर धेरै रोगमा छ।

२) कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ। सुरूदेखि नै प्रभावकारी काम गरेको हुँदा अहिलेसम्म जम्मा एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ। सरकारले ज्वरो क्लिनिक सुरू गरेको छ, जनचेतना बढाइरहेको छ।

हालका दिनमा पाँच सय जनाको कोरोना संक्रमण टेस्ट गर्ने क्षमता बढाएको छ। विभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको संख्या बढाएको छ, स्वास्थ्यकर्मीलाई स्ट्यान्ड बाइ राखेको छ। ६ महिनाको लागि औषधि तथा खाध्य पदार्थको जोहो गरेको छ।

चीन तथा अन्य दाता मुलुकबाट आवश्यक उपकरण मगाएको छ। जिल्ला–जिल्लामा कोरोना संक्रमण टेस्ट तथा उपचार गर्ने व्यवस्था मिलाउँदै छ। आवश्यक परेको खण्डमा पूर्ण लक डाउन गर्ने तयारी गरेको छ। चीनलगायत राष्ट्रले आवश्यक परे जस्तोसुकै सहयोग गर्ने बचन दिएका छन्।

३) ६० वर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ। यो सत्य होइन। सत्य के हो भने, जुनसुकै उमेरका व्यक्तिहरू जो क्यान्सरको अन्तिम स्टेजमा छन्, अंग प्रत्यारोपण गरेका छन्, मधुमेह नियन्त्रण नभएर मिर्गौला, मुटुलगायत अंगमा असर भएको छ, ब्लडप्रेसर औषधिबाट नियन्त्रण नभएर मुटुको अप्ठ्यारो रोग छ, एचाइभीको औषधिले काम गर्न छोडेको छ! त्यस्ता व्यक्तिलाई जोखिम छ, जोखिम भनेको मृत्यु होइन। अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो। चीनलगायतका देशमा सय वर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएका निको भएर आरामको जीवनमा फर्केका छन्।

४) बालबालिकालाई संक्रमण हुने डर न्यून छ। मृत्युदर नगन्य छ।

५) हामीले मनोबल नबढाए, विज्ञको कुरामा मात्र विश्वास नगरे, हल्ला र भ्रमले डराए, फेक समाचार पत्याए! हाम्रो जीवन कोरोना भाइरसले हैन, मनोरोगले विध्वंश हुन्छ। धेरै मानिसमा त्रासको कारण आत्मबल घटेको छ, स्वस्थ्य जीवनशैली अपनायौं भने कोरोनासँग बिल्कुल डराउनु पर्दैन।

६) कोरोनाको त्रासले जीवन असामान्य भएमा मनोविदसँग परामर्श लिन सकिन्छ। आवश्यक परे केहि समयको लागि औषधि खानुपर्ने पनि हुन्छ।

७) योग, ध्यान, नृत्य, संगीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ।

८) कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन। हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो। तसर्थ अधिकतम समय घरमै बसौं। सकभर अस्पताल, क्लिनिक नजाऔं, त्यहीबाट संक्रमण सर्न सक्छ। सपिंङ मल, सार्वजनिक यातायात, मन्दिर आदिमा अहिले नजाऔं।

९) मोबिलिटी घटाउने काम गरौं, अर्थात शहरमा आत्तिएर गाउँ जाने, गाउँमा आत्तिएर शहर जाने, धामीझाँक्रीकहाँ जाने, घुम्न जाने जस्ता काम नगरौं।

१०) आर्थिक क्षति भए डर नमानौं, अवस्था सामान्य भएपछि त्यो क्षति सन्तुलनमा आउँछ, यो चक्र हो।

(डा.समिरको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra