आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

महिलालाई गर्भास्थामा हुने मधुमेह

  • डा. मधु पाण्डे
  • प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६


महिलालाई गर्भास्थामा हुने मधुमेह

आमा बन्नु कुनै पनि महिलाका लागि अत्यन्तै खुशीको कुरा हो। खुशीसँगै यसका चुनौती पनि धेरै छन्। महिलाका लागि गर्भावस्था निकै संवेदनशील हुन्छ। यो वेलामा महिलाको शरीरमा विभिन्न परिवर्तन आउँछ। शारीरिक थकानदेखि र मानसिक तनावसमेतको सामना गर्नुपर्छ।

गर्भावस्थामा धेरै महिलालाई हुने समस्या भनेको मधुमेह हो। यसलाई ‘जेस्टेसनल डाइबेटिज’ भनिन्छ। गर्भवती समयमा रगतमा चिनीको मात्र धेरै हुन्छ। गर्भवस्थाअघि नभएका महिलाहरू पनि यो समयमा मधुमेह समस्या भोग्न बाध्य हुन्छन्। गर्भावस्थामा शरीरमा इन्सुलिन हर्मोन उत्पादन नहुुनु वा मात्रा कम हुने भएकाले ‘जेस्टेसनल डाइबेटिज’ हुन्छ।

वंशाणुगत (बाबुआमालाई मधुमेह थियो भने), मोटोपन, शारीरिक व्यायाम कम गर्ने, उच्च रक्तचाप, मिर्गौलारोग आदि छ भने मधुमेहको सम्भावना हुन्छ। यस्तै पहिलो बच्चा चार केजी भन्दा बढी जन्मेको छ भने पनि यस्ता महिलालाई मधुमेह हुने सम्भावना निकै हुन्छ।

लक्षण

धेरै भोक लाग्ने, छिटो छिटो पिसाब लाग्ने, बच्चा पेटको साइजभन्दा बढी छ भने जेस्टेसनल डाइबेटिज भएको हुनसक्छ। यीबाहेक खासै लक्षण देखिँदैन। स्क्रिनिङको आधारमा थाहा पाइन्छ। गर्भावस्थामा मधुमेह हुँदा बच्चा र आमा दुवैलाई खतरा हुन्छ।
मधुमेह भएका बिरामीको पहिलो उपचार भनेकै खानपान नियन्त्रण हो। दिनको ६ पटक थोरै थोरै गरी खस्रो रेसादार खाना खानुपर्छ। व्यायाम, योग ध्यानतिर समय दिनुपर्छ। आवश्यक परेको खण्डमा इन्सुलिन दिने गर्छौ ।
जुन बच्चाको वजन ४ केजीभन्दा धेरै हुन्छ,जीवित रहने सम्भावना कमै हुन्छ। आमामा प्रेसर बढ्ने , ब्लिडिङ हुने सम्भावना हुन्छ। आमालाई १०\१५ वर्षपछि मधुमेह हुन सक्छ।
शारीरीक व्यायाम नगर्ने कसरत नगर्ने, सन्तुलित भोजन नगर्ने, मोटोपन नियन्त्रण नगर्ने र यसअघि बुबाआमालाई मधुमेह भएका महिलालाई मधुमेह हुनसक्छ। त्यसैले उचित खानपान, व्यायाम र तौल नियन्त्रणमा ध्यान दिन आवश्यक छ।

सावधानी

इन्सुलिन लगाएपछि दिनमा पटकपटक सुगर परीक्षण गर्नुपर्छ। खानाअघि, खानापछि, दिउँसो, रातिको खानाअघि, रातिको खानापछि र मध्यरातमा परीक्षण गर्नुपर्छ। शरीरमा सुगरको मात्रा ७० देखि १२० मा राख्नुपर्छ। शरीरमा सुगर कम हुन दिनु हुँदैन।

गर्भावस्थामा जेस्टेस्नल डाइबेटिज देखिएमा वा दोस्रो बच्चा पाउने योजना गर्नुअघि स्क्रिनिङ गर्नुपर्छ। शरीरमा सुगरको मात्रा धेरै देखिएमा सुगर नियन्त्रणमा राख्नुपर्छ। सबै कुराको सन्तुलन गरेर मात्र योजना बनाउनु निकै प्रभावकारी हुन्छ।

(डाक्टर पाण्डे मेट्रो अस्पताल र हिमाल अस्पताल काठमाडौंमा कार्यरत हुनुहुन्छ र हरेक महिनाको अन्तिम शनिबार काठमाडौं हेल्थ केयर बुटवल ६ मैत्री पथमा आउने गर्नुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra