शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

न्यून रक्तचाप भएकाहरुले अपनाउनु पर्ने सावधानी

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६


न्यून रक्तचाप  भएकाहरुले अपनाउनु पर्ने सावधानी

उच्च रक्तचाप भएजस्तै कतिपयलाई न्यून रक्तचाप हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह हुदैन । यदि हामी वा हाम्रा आफन्त लाई न्यून रक्तचाप छ भने हामीले निम्न सावधानी अपनाउनु पर्ने हुन्छ ।

मदिरा सेवन त्याग्ने र बढी पानी पिउनेः

मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस । अत्यधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस जसले रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ ।

नूनको मात्रालाई अनुगमन गर्नुहोसः

रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ । तर रक्तचाप कमि भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ ।

आकस्मिक शारिरिक गतिविधि त्याग्नुहोसः

आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पुयाउनुहोस् । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ । तसर्थ उभिनु भन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउनुहोस । ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेर मात्र उभिनुहोस् ।

उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम खानुहोसः

न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाब दिइदैन । कार्बोहाइड्रेडयुक्त खाने कुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ ।

तातो पानी र स्टिम नलिनुहोसः

लामो समयसम्म तातो पानीले नुहाउदा वा वाफ लिदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले ननुहाउनुहोस । बरु यसको सट्टा कुर्सिमा बस्नुहोस । सकभर कुर्सिमा बसेर नहुाउनुहोस् । कुर्सिबाट उठ्दा पैतला तथा खुट्टालाई एक पटक हल्का दबाएर मात्र उठ्नुहोस् ।

बारम्बार खाना खानुहोसः 

रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना नखानुोस । बरु हरेक दुई दुई घन्टामा थोरै थोरै खानुहोस् । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra