शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

तिलोत्तमामा मुटु सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७९


तिलोत्तमामा मुटु सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासघं, तिलोत्तमा नगर कमिटीको आयोजनामा CME (Continuous Medical Education) निरन्तर चिकित्सा शिक्षा कार्यक्रम अन्तर्गत मुटु सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीले गरेका थिए । मुटु रोगका लक्षणबारे बताउँदै एक स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य उपचारमा के गर्ने के नगर्ने बताउँदै बुढाथोकीले जनचेतना कसरी फैलाउने भन्नेबारे जानकारी दिए । हृदयघातको उदाहरण पेश गर्दै हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुपर्छ जब एक स्वास्थ्यकर्मी भएको नाताले गर्नुपर्ने आधारभूत क्रियाकलापबारे जानकारी दिए । बुढाथोकीले मुटु सम्बन्धित स्वास्थ्य परिक्षणका सामाग्रीको प्रयोग र ती सामाग्रीले देखाउने परिणाम अनुसार कस्तो कदम चाल्नेबारे स्वास्थ्यकर्मी लाई सहजीकरण गरेका थिए ।

शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य तथा रूपन्देही प्रमुख सुनिल श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ्य नेपाली पहिलो पाटो रहेको बताउँदै स्वस्थ्य नेपाली भए मात्रै उत्पादनमूलक काम साथै समाजको अग्रगती हुने बताए । श्रेष्ठले स्वास्थ्यकर्मीलाई आफ्नो काममा सक्षम बनाउन निरन्तर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रवाह भए नभएको, औंषधी तथा स्वास्थ्य सम्बन्धि सामाग्री सोही अनुरुप उत्पादन भए नभएको राज्यले निरन्तर निग्रानी गर्नुपर्ने बताउँदै सो विषयमा आफूहरू सधैं चनाखो भएर लागेको बताए । स्वास्थ्यकर्मीको सुरक्षाको बन्दोबस्त मिलाउ र न्युनतम पारिश्रमिक दिलाउन केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले पहल गरिरको श्रेष्ठले बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, तिलोत्तमा नगर कमिटी अध्यक्ष केशव भट्टराईकाे अध्यक्षता सम्पन्न कार्यक्रममा टीकाराम शर्मा, भास्कर आत्रेय, रामेश्वर ढकाल ढकाल लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा तिलोत्तमा – बुटवल क्षेत्रका सयौं स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra