शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

चिन्ता हटाउन के खाने

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६


चिन्ता हटाउन के खाने

यदि तपाईं तनाव र चिन्ताले अत्यधिक ग्रसित हुनुहुन्छ र यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने सबैभन्दा पहिले त आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपायोगी हुन सक्छ ।

दाल, गेडागुडी, ओट्स, फलफूल, ड्राइ फ्रुट्स, दूग्धजन्य पदार्थ, हरियो सागसब्जीहरुमा फाइबरको मात्रा धेरै हुन्छ । शोधकर्ताहरुका अनुसार प्रचुर मात्रामा फाइबरयुक्त खानेकुराले मानिसको तनावको स्तर कम गर्छ ।
तनावको कारणले पेटमा कैयौं परिवर्तन आँउछन् र यसले दिमागमा पनि असर पार्छ । अध्ययनको परिणामअनुसार ‘गट’ ब्याक्टेरियाले पैदा गर्ने शर्ट चेन फ्याटी एसिड (एससीएफए) पेटका कोषहरुको लागि पोषणको प्रमुख स्रोत हो र खानामा फाइबरको उच्च मात्राले शर्ट चेन फ्याटी एसिडको उत्पादनलाई बढाउँछ ।

शोधकर्ताहरुले परिक्षणको लागि मुसामा यो अध्ययन गरेका थिए । मुसामा तनावको प्रतिकुल प्रभावलाई कम गर्नको लागि फाइबरबाट समृद्ध खाद्य पदार्थ खुवाइएको थियो । यो अध्ययन ‘द जर्नल अफ फिजियोलोजी’मा प्रकाशित भएको छ । अध्ययन गरिएका मुसा तनाव र डिप्रेशनको लक्षणबाट गुजि्ररहेका थिए र यसको असर उनीहरुको व्यवहार दिमाग तथा सामाजिक सम्बन्धमा पनि परिरहेको थियो ।

फाइबरयुक्त खाना खाएपछि एससीएफएको बढ्दो स्तरको कारण मुसामा तनाव र बेचैनीको स्तर कम भएको देखिएको थियो । शोधकर्ताहरुको भनाईअनुसार लामो समयसम्म तनाव भएमा त्यसको असर आन्द्रामा पर्छ र यसले पेट मात्र नभएर पुरै शरिरमा बाधा उत्पन्न गराउँछ । एससीएफएको माध्यमले यसको उपचार गर्नु राम्रो हुन्छ ।

यो अध्ययनबाट गट ब्याक्टेरियाको कारण दिमाग र व्यवहारमा पर्ने सकारात्मक प्रभावलाई लिएर एक नयाँ तथ्य अगाडि आएको छ । अध्ययनअनुसार खानपानमा पर्याप्त मात्रामा स्वस्थ र फाइबरयुक्त आहार लिएर तनावसँग सम्बन्धित समस्याबाट लड्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra