शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

केही रोग र ती रोगको घरेलु उपचार

  • स्वास्थ्य पत्र संवाददाता
  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६


केही रोग र ती रोगको घरेलु उपचार

केहि यस्ता रोगहरु छन्, जसको घरेलु उपचार पनि गर्न सकिन्छ । रोगहरुमा कब्जियत, झाडापखला, बान्ता, पेट दुखेमा वा पेटमा ग्यास भरिएमा, ग्याष्ट्रिक, रुघाखोकी, रक्तचाप बढेमा, मधुमेह लगायत भएमा घरेलुु उपचार सम्भव छ ।

कब्जियत भएमा :
हर्रो, बर्रो र अमलाबाट निर्मित त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने बेलामा मनतातो पानीसँग खाँदा फाइदा हुन्छ ।

झाडापखला लागेमा:
बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) तीन देखि छ ग्राम, रस १०–२० मि.लि. खानाले दिसाको साथमा रगत आउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ । साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम पनि प्रयोग गर्न सकिन्छ ।

बान्ता भएमा:
दालचिनि वा सुकमेल प्रयोग गर्न सकिन्छ । शुद्ध दालचिनी वा सुकमेलको धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सकिन्छ । यसको लागि अदुवाको रस वा सुकेको अदुवाको धुलोको पनि प्रयोग गर्न सकिन्छ ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा:
ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रति दिन दुइपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ । यसको लागि पुदिनाको रस १० देखि २० मि.ली. र लेदो एक देखि तीन ग्राम प्रयोग गर्न सकिन्छ । बोझो चूर्ण एबं धुलो १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अरूची रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिंदा फाइदा हुन्छ ।

ग्याष्ट्रिक (अम्लपित्त) भएमा:
अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्राम सम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ ।

रुघाखोकी लागेमा:
असुरोको पात वा फुलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ । ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ । रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि ज्वानोको झोलले खकार निकाल्न मद्दत गर्छ ।

रक्तचाप बढेमा:
जटामासी, निम वा सर्पगन्धा जडिबुटीको धुलो एक देखि तीन ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । लसुनको लेदो एक देखि दुई ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ ।

मधुमेह (चिनी रोग) बढेमा:
मेथीको रस खाने बानी गर्नुपर्छ । मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बिजलाई पिधेर तयार गरिएको एक देखि तीन ग्राम लेदोलाई दिनमा दुई पटक सेवन गर्दा पनि फाइदा मिल्छ । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो तीन ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

तर यी माथिका कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग सल्लाह गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra