शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

नियमित स्वास्थ्य परिक्षण किन गर्ने ?

  • ✍️ खगेन्द्र चापागाइँ
  • प्रकाशित मिति : आइतवार, फाल्गुन ४, २०७६


नियमित स्वास्थ्य परिक्षण किन गर्ने ?

हामी आफ्नो सबारी समय समय मा सर्भिसिङ गराउँछौं ता की गाडि सधैं सामान्य र राम्रो सँग काम गर्ने होस्। छिट्टै काम नलाग्ने भएर फाल्न पर्ने नहोस् । केवल केही लाखको लागि यति धेरै चिन्ता लिने हामी मानिस मध्ये कमै ब्याक्तीहरुले सोच्छौं आफ्नो शरीरको सर्भिसिङको बारेमा ।
मानव शरीर पनि एक जटिल यन्त्र हो । हाम्रो शरीर पनि अनेकौं कोष ,तन्तु तथा प्रणालीले बनेको छ। शरीर भित्र अनेकौं आन्तरिक क्रिया – प्रतिक्रिया सञ्चालन भइरहेका हुन्छन् । यो क्रममा विभिन्न बह्याय तथा आन्तरिक रूपमा यो यन्त्र रूपी शरीरमा समस्याहरू देखिने गर्दछन् ।

कैयौं समस्याहरू यस्ता हुन्छन्,जसले जटिलता नलिए सम्म हामीले महसुस गर्न र थाहापाउन सक्दैनौं,जब जटिलता आउँछ तब मात्र हामी अस्पताल वा स्वास्थ्य संस्थामा पुग्छौं । जसका कारण हाम्रो धेरै समय र धनको खर्च सँगै शारीरिक विकालता आउँछ ; ज्यानै पनि जन सक्छ। रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस हो तर लागि हालेपनि त्यसले जटिलता नलिदै पहिचान गर्न सके जीवन बाँच्न सक्छ । त्यसैले हाम्रो शरीरलाई पनि बेला बेलामा(सम्भव भए ६ महिना मात्र १ वर्ष ) विभिन्न शारीरिक चेकजाँच गर्नु जरुरी छ ।
नियमित रूपमा गर्नु पर्ने केही सामान्य तर आती महत्वपूर्ण ,कम खर्च लाग्ने जाँच हरु निम्न छन्:
१) डायबिटिज प्रोफाइल(सुगर)
२)मुटुको जाँच(ECG,Blood pressure)
३) कोलस्टोर (lipid profile)
४)मिर्गौलाको जाँच (RFT, creatinine)
५) रगत जाँच (ब्लड ग्रुप,cvc)
६) छातीको X-ray

माथि उल्लेखित जाँचहरु सामान्य जाँच हुन जसको मद्दत बाट हाम्रो स्वास्थ अवस्थितीको बारेमा जान्न सकिन्छ । माथिका जाँच गरिसकेपछि एकपटक राम्रो फिजिसियन डक्टर सँग सल्लाह गर्नु आवश्यक छ ।
जस कारण हाम्रो स्वास्थ्यमा आउने भावी जटिलता लाई समयमै पहिचान गरी कम खर्चमै रोकथाम गर्न सकिन्छ ।

समयान्तर स्वास्थ परीक्षण का फाइदाहरु:
– प्राण घातक रोग बाट बच्न सकिन्छ
– धन को बचत
– आत्मसन्तुष्टि
– स्वस्थता

(लेखक देवदह मेडिकल कलेजमा सामान्य चिकित्सा अध्ययनरत छन्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra