विश्वभर सेप्टेम्बर २५ मा ” सबैका लागि सुरक्षीत र प्रभावकारी औशधी” भन्ने मुख्य नाराका साथ ‘विश्व फर्मासिस्ट दिवस’ मनाइएको छ । वास्तवमा बिरामीको उपचारको लागि डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको जति जिम्मेवारी हुन्छ, उत्तिकै फर्मासिस्टको पनि हुन्छ र उपचारको लागि सबैभन्दा उत्तम विकल्पको छनोट गर्न फर्मासिस्ट हरेक हेल्थ केयर टिममा नभई हुँदैन । हरेक रोगको उपचारमा पेसेन्ट,(बिरामी ) फर्मासिस्ट र फिजिसियनको त्रिकोणात्मक सम्बन्ध हुन्छ । एउटा मात्रको पनि सक्रिय सहभागिता कमी भयो भने उपचारका लागि गरिएका सम्पूर्ण प्रयत्नहरु निरर्थक हुन्छन् । अझ भनौं अहिलेको समयको माग भनेको कोलाबोरेटिभ एप्रोच हो । जुन शब्दले बिरामीको उपचारको लागि टिमवर्क वा पार्टनरसिपको अवधारणालाई बुझाउँछ । प्रायः सबैजसो रोगको उपचारको लागि औषधिको प्रयोग गर्नैपर्ने हुन्छ तर औषधिको समुचित प्रयोग हुन सकेन भने बिरामीको अवस्था झन् बिग्रन सक्छ। बजारमा सजिलै सर्बसुलभ र सबैको पहुँच पुग्ने खालको प्रभावकारी औषधी हुनु पर्दछ भन्ने कुराले मुख्यतया medicine को quality त्यसको efficasy मा विशेष जोड दियको छ। औषधीको गुणस्तर एबम यस्को कार्य प्रभाबकारिताको बारेमा सजग एबम चनाखो भइ यसलाइ सर्वसुलभ बनाउनु हामी सम्पुर्ण स्वस्थकर्मीको दायित्व हो ।
हाम्रो जस्तो बिकाश उन्मुख देशमा केहि जनमानसले फार्मेसी पेशालाई औषधि व्यापारकोे रुपमा बुझेको पाइन्छ । इतिहासलाई एक पटक नियाल्ने हो भने विगतमा जतिबेला नेपालमा फार्मेसी विषयमा अध्ययन गर्ने कलेजहरु थिएनन् वा फार्मेसी अध्ययन गरेका व्यक्तिहरु प्रयाप्त थिएनन्, । त्यतिबेला औषधि बिक्रेतासम्बन्धी केही महिनाको तालिम लिई औषधि पसल सञ्चालन गरेको पाइन्छ । औषधिसम्बन्धी पर्याप्त ज्ञान र सीपको अभावमा सञ्चालन गरिएको कारणले फार्मेसी पेशाप्रति जनमानसको बुझाइ कम भएको हुनसक्छ । तर बुझ्नुपर्ने कुरा के छ भने फर्मासिस्टले गर्ने काम सामान्य औषधि व्यवसायीको जस्तो होइन ।औशधी को गुणस्तर तथा यसको उत्पादन गर्ने भनेको pharmacist ले हो न कि कुनै अन्य ल होइन । तर बिडम्बना हाम्रो देशमा फार्मासिस्टको भुमिकाको बारेमा राज्य बेखबर जस्तो गर्दछ । फार्मासिस्टहरुलाई सौतेनि ब्यावहार गर्दछ । सरकारी सेवा तथा अन्य अस्पतालहरुमा खासै फार्मासिस्टहरुको दरबन्दी तथा उपस्थिति कम देखिन्छ। यस्तो अबस्थामा सबै नागरिकले सुरक्षित तथा प्रभाबकारी औषधी प्राप्ती गर्ने कुरा आकाशको फल आखातरी मर जस्तो हो । यसो भन्दै गर्दा हामीले यौटा मुख्यत ध्यान दिनु पर्ने कुरा के छ भने डाक्टरले बिरामीको जाँच परिक्षण पश्चात् औषधी लेख्दा जेनेरिक तथा molicule लेख्ने अभ्यास गर्ने तथा औशधी बितरण तथा अस्पतालहरुमा फार्मासिस्टहरु को उपस्थिती हुने हो भने अवश्य नै सर्बशुलभ र प्रभावकारी औषधी प्राप्ती गर्ने कुरालाई नकार्न सकिदैन ।
हुन त हाम्रो देशको संविधान २०७२ तथा स्वस्थ्य नीतिले पनि जनताले सर्बशुलभ तथा प्रभाबकारी स्वस्थ सेवा पाउने कुरालाई मौलिक हक अधिकार हो भनी घोषणा गरेकोछ । त्यसैको कार्यान्वयनमा सघाउ पुर्याउने हेतुले स्वस्थ बिमा कार्यक्रम, विभिन्न घातक रोगको उपचार निसुल्क तथा आमासुरक्षा कार्यक्रम जस्ता कार्याक्रम सन्चालन गरेकोछ । नेपाल सरकारले स्वस्थ ऐन मै डाक्टरहरुले जेनेरिक priscribe गर्नुपर्ने भन्ने जुन नीति नियम बनेको छ यस्को मुल मर्म पनि सर्बसुलभ तथा प्रभावकारीता कै लागि नै हो । हाम्रो जस्तो भौगोलिक मुलुकको लागि यो त झन महत्त्वपूर्ण छ। मुस्ताङको बिरामी बुटवल अर्थात काठमाडौमा डाक्टर देखाएर डाक्टरले priscribe गरेको औषधी किन्न उ जहाज चडेर आउनु पर्ने बाध्यकारी अबस्था आउदैन । अत: अहिलेको महत्त्वपूर्ण तथा प्रमुख अवस्यकता भनेको जेनेरिक priscribe मा जोडदार पहल तथा दबाब सिर्जना गरि यस्को प्रभाबकारी कार्यनयन मा सबै फार्मासिस्ट यकजुट हुनु आजको अवस्यकता हो ।यस्को लागि डाक्टर तथा अन्य सरोकारवाला हरु को पनि उत्तिकै सहयोग हुनु जरुरी छ।राज्यको योजना कार्यनयन को लागि सेवामुखी सोच तथा पेशागत अनुशासन लाई पनि उत्तिकै जोड दिनु आबश्यक छ।
अत:सबै मिलि प्रत्येक नागरिकले “सुरक्षीत तथा प्रभाबकारी औषधी” प्राप्ती गर्ने हक अधिकार लाई सहयोग गरौ ।
(लेखक : फार्मेसी इन्चार्ज – देबदह मेडिकल कलेज रुपन्देही
/उपाध्यक्ष – अखिल नेपाल फार्मेसी संघ, हुन)