शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिने

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १०, २०७९


सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिने

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् ।

नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० बर्षमाथिका नागरिकको बर्षको एक पटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

साथै, जेष्ठ नागरिकका लागि विशिष्टकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने तथा जनस्वास्थ्यका कार्यक्रम मार्फत रोगको रोकथाम, नियन्त्रणलाई प्रभावकारी नीति ल्याइने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra