आइतवार, अशोज २०, २०८१ Sunday 6th of October 2024

आत्महत्याबारेको कथन बदलौं: सम्बाद सुरु गरौं

  • ✍️ दिपिका पाण्डे
  • प्रकाशित मिति : मङ्लबार, भदौ २५, २०८१


आत्महत्याबारेको कथन बदलौं: सम्बाद सुरु गरौं

आत्महत्या आत्मंहत्या मिलेर बनेको शब्द हो । आत्मको अर्थ स्वयम् अर्थात आँफै र हत्याको अर्थ खतम वा समाप्त हो । यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । यसमा व्यक्ति स्वयम् समाप्त हुन्छ । नेपालमा सन् २०११ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले उनीहरुमा आत्महत्याको सोँच भएको बताएका छन् । सन् २०२० मा प्रत्येक दिन हामीले नेपालमा आत्महत्याका घटनामा १९ व्यक्ति गुमायौँ । आत्महत्याको कारण हुने मृत्युदर एचआईभी, मलेरिया, स्तन क्यान्सर वा युद्ध तथा आपराधिक घटनाबाट हुने मृत्युभन्दा धेरै छ । यदि हामी आत्महत्याको बढ्दो दरको यो प्रवृत्तिलाई रोक्न र उल्ट्याउन सफल भयौँ भने नेपालले दिगो विकासका लक्ष्यहरु र विश्व स्वास्थ्य संगठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्ने छन् ।

१५ देखि १९ वर्ष उमेर समुहका मानिसहरुको बारेमा अनुसन्धान गरेर हेर्दा यो समूह सबै भन्दा बढी आत्महत्या गर्नेमा परेको देखिन्छ । प्रत्येक आत्महत्याले सम्बन्धित परिवार र देशलाई नै ठूलो असर पार्दछ । आत्महत्या प्रत्येक देशको समस्या हो । यसले कुनै पनि धनी वा गरिब देश भनेको छैन । तर यसको कारण भने फरक फरक हुन सक्छ । १७.७ प्रतिशत आत्महत्या भने मध्यम तथा अति गरिब मुलुकमा हुने गरेको देखिएको छ । अनुसन्धानले आत्महत्या र मानसिक स्वास्थ्यको गहिरो सम्बन्ध रहेको पुष्टि गरेको छ ।

विशेष गरी डिप्रेसन र जाँड रक्सीको कुलत धनी देशहरुमा आत्महत्याको मुख्य कारणको रपमा देखापरेको छ । धेरै आत्महत्याको कारणहरु जीवनमा तनाव, आर्थिक समस्या, मायामा बिछोड र स्वास्थ्य समस्याहरु देखिएको छ । अधिकांश महिलाहरु भने घरेलु हिंसाकै कारण मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा आत्महत्या गर्न बाध्य भएको हुनसक्ने कुरा प्रष्ट रहेको छ । मानिसले समय परिस्थिती र सामाजिक व्यवस्थाका कारण कतिपय इच्छा पुरा गर्न सक्दैनन् । त्यसपछि जीवनप्रति चरम वितृष्णा जाग्छ । त्यही चरम वितृष्णाले आत्महत्या गर्न पुग्छन् । आत्महत्या गर्नु अघि मानिसले विभिन्न सङ्केत देखाउँछन् । आत्महत्या गर्न मन लागेका कुरा बारम्बार गरिरहन्छन् । जीवन नै व्यर्थ लाग्ने कुराहरु व्यक्त गरिरहन्छन् । जीवनमा समस्या मात्र रहेको र समाधानको उपाय नरहेको कुरा गर्छन । उनीहरुको खाने र सुत्ने बानीमा परिवर्तन आउँछ ।

अहिलेको बढ्दो आत्महत्याको विकराल परिवेशमा समयसमयमा हरेक व्यक्तिले मनोचिकित्सको सहयोग लिनुपर्ने देखिन्छ । किनभने मानसिक रोगलाई उपचारको आवश्यकता हुन्छ । मनोचिकित्सकको सुझाव, सल्लाह र मार्गनिर्देशनअनुसार विरामीको हेरचाह गरेमा बिरामी स्वस्थ हुनसक्छ । उसको हेरचाह कसरी गर्ने ? के गर्ने ? के नगर्ने ? उसका दैनिक क्रियाकलापका बारेमा डाक्टरसँग सल्लाह लिने र डाक्टरकै सल्लाह अनुसार औषधिको प्रयोग गर्ने । उसका हरेक क्रियाकलापलाई नजिकबाट नियाल्ने र केही अनौठो महसुस गरेमा तुरुन्त डाक्टरलाई जानकारी गराउने र सोही अनुसार काम गर्ने, सक्रिय रुपमा सहयोगी बन्ने र समय समयमा उसलाई के चाहिन्छ ? कस्तो छ ? भनेर अन्तरक्रिया गरिरहनुपर्छ । अन्तरक्रियाको क्रममा जीवनका बारेमा सकरात्मक परिवर्तन ल्याउने कुरा गर्ने, स्वास्थ्य र सरसफाईका बारेमा छलफल गर्ने र सँगै बस्न प्रेरित गर्ने, उसका लागि हानिकारक हुने खालका वस्तु पहुँचमा नराख्ने र धैर्यधारण गर्न प्रेरीत गर्नुपर्छ । किनभने उसलाई तपार्इँको सहयोग र साथ लामो समयसम्म आवश्यक पर्छ । परिवारका सदस्यहरु मिलेर कुराकानी पनि गर्न सक्छौँ । उसलाई जीवनका राम्रा पक्षबारे सम्झाउन बुझाउन सकिन्छ ।

निस्कर्षमा भन्दा नेपालमा आत्महत्याको अवस्था भयावह देखिन्छ । तथ्याङ्क हेर्दा नेपालमा प्रत्येक दिन १९ जना अर्थात वार्षिक रुपमा सात हजार एक सय ४१ जनाले आत्महत्या गर्ने देखिन्छ । यो अवस्थालाई हामीले यथाशीघ्र रोकथाम गर्नुपर्दछ । यो क्रम चलिरहने हो भने अब आउने दिनहरुमा नेपालको जनसङ्ख्या शून्यमा पुग्ने अवस्था रहेको छ । अब हामीहरुले ‘आत्महत्याको कथन बदलौँ : सम्वाद सुरु गरौँ’ भन्ने नारामा विशेष जोड दिनुपर्दछ ।

(सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा गत शनिबार बुटवलमा घुम्ने किताब, पाठक मञ्च, नेपाल मनोचिकित्सक संघ र नेपाल सामाजिक मानसिक स्वास्थ्य संघको संयुक्त रुपमा आयोजित निबन्ध लेखन / वाचन कार्यक्रममा तृतीय स्थान हासिल गर्न सफल नवज्योति इङ्गलिस बोर्डिङ्ग स्कुल, तिलोत्तमाका विद्यार्थी दिपिका पाण्डेको निबन्ध )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra