आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, रुपन्देहीको अध्यक्षमा : विष्णु प्रसाद ढकाल

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६, २०८१


राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, रुपन्देहीको अध्यक्षमा : विष्णु प्रसाद ढकाल

रूपन्देही, । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, रुपन्देहीको चौथो जिल्ला अधिवेशन बिहीवार सम्पन्न भएको छ। अधिवेशनले विष्णु प्रसाद ढकाललाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।

निर्वाचित उपाध्यक्षमा गणेश भण्डारी र भगवती राना चयन भएका छन्। त्यसैगरी, सचिव युवराज दिशा मगर, उपसचिव सिद्धार्थ आर्चायाल, तथा कोषाध्यक्ष भोजराज पोखरेल चयन भएका छन्।

सदस्यहरूमा गिताराम रिजाल, मेघनाथ न्यौपाने, केशव पराजुली, नारायण पौडेल, रिम बहादुर पाटा, पुजन ज्ञावाली, विजय नाथ चौधरी, लेखनाथ पाण्डेय, वालकृष्ण पौडेल, र मुना अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष ढकालले स्वास्थ्यकर्मीहरूको हकहित र स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा विभिन्न स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra