रूपन्देही, । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, रुपन्देहीको चौथो जिल्ला अधिवेशन बिहीवार सम्पन्न भएको छ। अधिवेशनले विष्णु प्रसाद ढकाललाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
निर्वाचित उपाध्यक्षमा गणेश भण्डारी र भगवती राना चयन भएका छन्। त्यसैगरी, सचिव युवराज दिशा मगर, उपसचिव सिद्धार्थ आर्चायाल, तथा कोषाध्यक्ष भोजराज पोखरेल चयन भएका छन्।
सदस्यहरूमा गिताराम रिजाल, मेघनाथ न्यौपाने, केशव पराजुली, नारायण पौडेल, रिम बहादुर पाटा, पुजन ज्ञावाली, विजय नाथ चौधरी, लेखनाथ पाण्डेय, वालकृष्ण पौडेल, र मुना अर्याल निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष ढकालले स्वास्थ्यकर्मीहरूको हकहित र स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा विभिन्न स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।