आइतवार, माघ ६, २०८१ Sunday 19th of January 2025

महिलाका लागि स्वास्थ्य सन्तुलन कायम राख्ने ४० उपाय

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०८१


महिलाका लागि स्वास्थ्य सन्तुलन कायम राख्ने ४० उपाय

महिलाहरू आफ्नो परिवार र जिम्मेवारीमा व्यस्त रहँदा प्रायः आफ्नो स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्न सक्छन्। स्वस्थ रहनको लागि योग, व्यायाम, र पोषणयुक्त आहारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। शरीरलाई स्वस्थ राख्न यी ४० उपायहरूले तपाईंलाई सन्तुलित जीवनशैली कायम गर्न मद्दत पुर्‍याउनेछ।

स्वस्थ दिनचर्याको सुरुवात

1. बिहान उठ्नेबित्तिकै मनतातो पानी वा कागती मिसाइएको पानी पिउने।

2. दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने।

3. शरीरलाई आवश्यक पर्ने दैनिक १५०० क्यालोरी सुनिश्चित गर्ने।

4. भिटामिन ‘ए’ का लागि मेवा, स्ट्रबेरी, र मौसमी फलफूल खाने।

5. नास्तामा दही, हरियो सागसब्जी र फलफूल समावेश गर्ने।

 

सन्तुलित आहारका टिप्स

6. रातको खाना सुत्नुभन्दा २-३ घण्टा अघि खाने।

7. बिहान नियमित रूपमा पौष्टिक ब्रेकफास्ट गर्ने।

8. भात, रोटी, दाल, सागसब्जी र सलाद समावेश गर्ने।

9. खानामा काँक्रो, गाँजर, मुला, र कागती प्रयोग गर्ने।

10. सलाद र दहीलाई बेलुकाको खानामा प्राथमिकता दिने।

11. छिनछिनमा थोरै मात्रामा खाने बानी बसाल्ने।

 

पानी र निद्राको महत्व

12. नियमित रूपमा पर्याप्त मात्रामा पानी पिउने (८–१० गिलास)।

13. खाना खाएको केही समयपछि मात्र पानी पिउने।

14. समयमा सुत्ने र पूरा निद्रा लिने।

 

व्यवहार र कामको शैली परिवर्तन

15. घरको खानालाई प्राथमिकता दिने।

16. अफिसमा लिफ्टको सट्टा भर्‍याङ प्रयोग गर्ने।

17. हिंड्ने बानी बसाल्ने र सवारीसाधनको प्रयोग कम गर्ने।

18. बाहिरको खाना कम गरी घरमै तयार पारेको खाना खाजा बोक्ने।

 

तनाव व्यवस्थापन र रोग प्रतिरोधात्मक क्षमता

19. तनाव घटाउन योग, ध्यान, र नृत्यको सहारा लिने।

20. वंशाणुगत समस्याहरूको जानकारी राख्ने र नियमित स्वास्थ्य जाँच गर्ने।

21. ४० वर्षपछि आइरन र क्याल्सियमको कमी परीक्षण गर्ने।

22. सकेसम्म प्राकृतिक उपचार गर्ने र चिकित्सकको परामर्श मात्र लिने।

 

मोटोपन र तौल नियन्त्रण

23. सकारात्मक सोच राख्ने र नकारात्मक सोचबाट टाढा रहने।

24. नियमित रूपमा तौल घटाउन व्यायाम गर्ने।

25. सन्तुलित आहार र समयमै खाना खाने।

26. बासी खाना नखाने र सधैं ताजा खाना खाने।

 

स्वास्थ्य परीक्षण र विशेष ध्यान

27. हड्डी बलियो राख्न क्याल्सियमयुक्त खाना खाने।

28. नियमित स्वास्थ्य परीक्षण गर्न हिचकिचाउनु नहुने।

29. ४० वर्षपछि अनिवार्य रूपमा मेमोग्राम परीक्षण गराउने।

30. कुनै समस्या आएमा हेलचेक्र्याइँ नगरी तुरुन्त चिकित्सकलाई देखाउने।

 

विशेष सुझावहरू

31. एनिमिया, थकान, वा रिंगटा लाग्नबाट बच्न पौष्टिक खाना खाने।

32. दिनभर ऊर्जा राख्न तीन–चार लिटर पानी पिउने।

33. धुम्रपान र मद्यपानबाट टाढा रहने।

34. खाना खाइसकेपछि हिंड्ने बानी बसाल्ने।

35. हड्डीको जाँच प्रत्येक दुई वर्षमा गर्ने।

महत्वपूर्ण अन्तिम सुझाव

36. शरीरमा गाँठो वा असामान्य समस्या देखिएमा तुरुन्त जाँच गराउने।

37. हार्मोन सन्तुलनको लागि नियमित निद्रा लिने।

38. दिनको २० मिनेट मात्रै भए पनि शारीरिक सक्रियता राख्ने।

39. नियमित रूपमा योग र ध्यान गर्ने।

40. चिकित्सकीय परामर्श बिना औषधि प्रयोग नगर्ने।

निष्कर्ष

स्वास्थ्य राम्रो बनाउन सकारात्मक सोच, नियमित व्यायाम, सन्तुलित आहार, र समयमै स्वास्थ्य जाँच अत्यावश्यक छ। यी उपायहरूले महिलाहरूलाई सुदृढ र ऊर्जावान् जीवनयापन गर्न मद्दत गर्नेछ। स्वास्थ्यप्रति जिम्मेवार बनौं, स्वस्थ जीवन बाँच्छौं।
नवभारत टाइम्सबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra