बिहिबार, अशोज २४, २०८१ Thursday 10th of October 2024

युरिक एसिड बढ्यो : के गर्ने ? के छ घरेलु उपचार 

  • प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७८


युरिक एसिड बढ्यो : के गर्ने ? के छ घरेलु उपचार 

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ । प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।

कसलाई हुन्छ युरिक एसिड ?

– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।
– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।
– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।
– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

कसरी हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

के हुन्छ असर ?

शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ । तर युरिक एसिड बढे युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।

युरिक एसिडको सामान्य मापदण्डः

युरिक एसिड मापन गर्न रगत जाँच गरिन्छ। यसको मापदण्ड महिला र पुरुषमा फरकफरक हुन्छ। महिलामा ३.५ देखि ६.० एम.जीसम्म सामान्य मानिन्छ भने पुरुषमा ३.५ देखि ७.० एम.जीसम्म।

रगत जाँचमा युरिक एसिड मात्रा ३ देखि ४ सम्म हुँदा राम्रो मानिन्छ। यस अवस्थामा दुखाइ हुँदैन। ६ पुगेपछि दुखाइ सुरू हुन्छ। तर रगत जाँच गर्दा युरिक एसिड सामान्य छ र पनि शरीरमा दुखाइ छ भने शरीरमा ल्याक्टिक एसिड र अक्जालिक एसिड बढेको छ र युरिक एसिड बढ्ने क्रममा छ भन्ने बुझ्नु पर्छ। यी एसिड रगत जाँच गर्दा देखिँदैन।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

के नखाने?

माथि खान नहुने भनिएका खाना नखाने। धूमपान, मद्यपान वर्जित गर्ने। मैदाका परिकार, टुसा उमारिएका गेडागुडी, जंकफुड, फास्टफुड, चिल्लोपिरो, मसलावर्ग, चिसो र तयारी पेय पदार्थ, अमिलो गुणका कुनै पनि खाद्य पदार्थ नखाने ।

जन्तुस्रोतका खाद्यपदार्थ
रातो मासुमा बोसो बढी हुन्छ भने सेतोमा कम। राँगा, खसी आदिलाई रातो मासुमा गनिन्छ। त्यसैगरी माछा, कुखुरा र चराचुरुंगीलाई सेतोमा। सेतो मासुमा बोसो कम हुने भएकाले यो खान मिल्छ भन्ने बुझाइ छ। तर जुनसुकै मासु भए पनि त्यसमा प्रोटिन हुन्छ। यसमा पाचन हुन चाहिने रेसा-छोक्राबोक्रा पनि हुँदैन र पच्न धेरै समय पनि लाग्ने भएकाले मांसाहार नगर्नु नै समस्या हुन नदिने उत्तम उपाय हो।

दुई दलीय अन्नहरु
दुई फक्लेटा हुने सबै खालका गेडागुडी जस्तै दाल, भटमास, राजमा, चना, केराउ आदिले युरिक एसिड बढाउँछ।

दूग्ध पदार्थ
दूध, दही र दूधबाट बनेका सम्पूर्ण परिकार, मिठाइहरू।

युरिक एसिड बढाउने तरकारीहरू
केही तरकारीमा अक्जालिक एसिड मात्रा बढी हुन्छ। यी तरकारी बढी खाँदा रगतमा युरिक एसिड बढ्छ। तोरी साग, पालुंगो, कुरिलो, भ्यान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि यस्ता तरकारी हुन्। अझ गुन्द्रुक र तामा सबभन्दा धेरै हुन्छ। त्यसैले युरिक एसिड बढेका बेला वा शरीरमा कतै पनि दुख्ने-सुन्निने समस्या भएमा यी सबै तरकारी बन्द गर्नुपर्छ।

युरिक एसिड बढाउने फलफूल
अमिलो गुणका सबै फलफूलले युरिक एसिड बढाउँछन्। मेवा, हरियो मकै, आँप, कटहर, कागती, अमिलो काफल, गोलभेडा, लप्सी, भुइँकटहर, खरबुजा, अमिलो भोगटे, अमिलो आरुबखडा, अँगुर आदि।

नट्स
ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदिले पनि शरीरमा एसिड बढाउँछ।


युरिक एसिड बढे के खाने ?

प्रशोधन नगरिएका वा कम प्रशोधित आहार, जस्तै खैरो चामलको भात, गहुँ, मकै, कोदो, फापर, च्याँख्ला जस्ता पूर्ण अन्नहरू। रायो, चम्सुर, मेथी, सोंपको साग, फर्सीको मुन्टा, परवल, हरियो सिमी, हरियो बोडी, हरियो लसुन, हरियो प्याज, ब्रोकाउली, घिरौंला, पाटे घिरौंला, करेला, गाजर, गाजरपत्ता लगायत ताजा हरिया तरकारीहरू। प्राकृतिक रूपमै पाकेका गुलियो स्याउ, मौसम, नासपाती, केरा, हलुवावेद, आरुबखडा, जामुन, जुनार, आरु आदि। ध्यान दिनु पर्ने कुराः केरामा कार्बोहाइड्रेट बढी हुनाले सलादका रूपमा नलिनु बेस हुन्छ।

उपचारको घरेलु विधी

करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ । अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ । अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra