बुटवल
बालबालिका लाई जन्मेपछि रोगबाट बचाउनका लागी विभिन्न खोप दिनु आवश्यक हुन्छ । दुई वर्षमुनिका बच्चालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुवेलालगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ ।
कुन खोप कहिले दिने :
खोप लगाउँदा हुने फाइदाहरु :
•बच्चा जन्मिएपछि खोप तालिकाबमोजिम तोकिएको समयमा तोकिएका सबै खोप पूरा मात्रामा लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।
•बालबालिकामा रोग लाग्ने दर, अपांगता हुने दर र मृतयु हुने दरमा कमी आउँछ।
•बालबालिकामा लड्ने क्षमता कम हुने हुनाले सबै खोपको मात्रा दिएमा विभिन्न सरुवा रोग लाग्नबाट बचाउन सकिन्छ ।