शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

“कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन” – किन ?

  • डा. रवीन्द्र समिर
  • प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६


“कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन” – किन ?

चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् । कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै भाग्यमानी रह्यौं । अन्य राष्ट्रले ठूलो विपदसंग लड्दा हामीकहाँ भर्खर २ वटा मात्र सङ्क्रमित देखिएका छन् । एउटा गलत समाचारले हिंजो हामीलाई दुखी बनायो भने आज फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं । हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ देखिन सक्छ भन्ने सयजना कोरोना संक्रमित मध्ये ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ % मध्ये १० % लाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ । अनि ५ % लाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ती १०० जना संक्रमितमा मृत्यु हुने २-३ जना मात्र हुनेछन ।

विश्वको संख्या हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ…. हरुको मृत्यु भएको देखिन्छ ।
तसर्थ कोरोना संक्रमित बढे भनेपनि आत्तिनु पर्दैन । सतर्क र सजग हुनुपर्दछ । हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा मात्र हुन्छ । पूर्व तयारी गरौँ, पेनिक नबनौं ।
लेखकको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra