सोमवार, फाल्गुन २१, २०८० Monday 4th of March 2024

कोरोना र बाल स्वास्थ्य – डा. बिकास भण्डारी बालरोग विशेषज्ञ

  • डा बिकास भण्डारी
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४, २०७७


कोरोना र बाल स्वास्थ्य – डा. बिकास भण्डारी बालरोग विशेषज्ञ

गत डिसेम्बर महिना देखि चीनबाट सुरू भएर हाल संसारभर फैलिएको कोभिड – १९ महामारीले गर्दा सानासाना नानीबावुको विद्यालय बन्द छ । यसले एकातर्फ बालबालिकाहरुलाई कोभिड – १९ को संक्रमणबाट तुलनात्मक रुपमा सुरक्षित छन । जुन हामी चिकित्सक एवम् अभिभावकहरुको लागि खुसीको कुरा हो । तर अर्कोतर्फ बालबालिकाहरुले कसरी आफ्नो दैनिकी बिताइरहेका छन ? यो एक वालरोग विशेषज्ञको नाताले एउटा सोचनिय प्रश्न हो ।

विद्यालयमा गएर अध्ययन गर्ने, साथी संगीसंग मिलेर खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा भाग लिने बालबालिकाले घरमा के गरिरहेका छन ? त्यसैगरी यो महामारीमा त्रास बढिरहँदा प्राय खाना तथा नास्तामा जंक फुडले कत्तिको बाँस जमाइरहेको छ ? साथै मनोवैज्ञानिक रुपमा त्रास कतिको परेकोछ ? । यी तीन बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने प्रमुख कुरा हुन ।

समस्याहरु
लकडाउनको बेलामा बालबालिकाहरु घरमै बसेर कोरोनाको संक्रमणबाट त जोगिएका छन तर घरमा बस्दा कुनैपनि शारीरिक क्रियाकलाप सरिक नभै बस्नु, टिभी, मोबाइल र भिडियो गेम खेल्दै जंक फुड खाने प्रबृत्ति बढेको छ जसकाकारण मोटोपन पहिलो पंक्तिमा पर्ने समस्या हो । न्यून शारीरिक क्रियाकलाप र आरामदायी जीवनशैलीले तौल बढ्दै जान्छ । साथै सन्तुलित आहार नखाने समस्या अहिलेको परिस्थितिमा मोटोपनको साथै अन्य समस्याहरु निम्त्याउँछन ।

मोटोपन पछिको अर्को समस्या उनीहरुको बौद्धिक बिकासमा असर पर्नु हो । असन्तुलित अाहार अालिसान जीवनशैली र बढी भन्दा बढी इलेक्ट्रोनिक सामाग्रीसंग समय बिताउँदा बौद्धिक बिकासमा असर पर्छ । साथै विश्वभर संक्रमित तथा मृत्यु हुनेको खवरले बालबालिका मानसिक रुपमा पनि आत्तिएका देखिन्छन । यी सबै कुरा बालबालिकाको बिकासका दुष्चक्रका प्रमुख घटक हुन ।

समाधान
१. आलुचिप्स, बिस्कुट, चाउचाउ, चक्लेट जस्ता बजारजन्य खानेकुराहरु मोटोपनका प्रमुख खाद्य बस्तु हुन । यस्ता खानेकुराहरु न्यून गर्ने र नियमित समयचक्रमा सन्तुलित आहार सेवन गर्ने ।
२. स्क्रिन टाईमा वा इलेक्ट्रोनिक सामाग्रीहरु जस्तो मोबाइल, टिभीमा बिताउने समय घटाउने । यो समयमा घरमा उपलब्ध खेलकुदका सामाग्री सबै पारिवारिक सदस्य बालबालिका संग खेल्ने । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सले दिएको सिफारिस अनुसार १८ महिना भन्दा कम उमेरका बच्चालाई यस्ता सामाग्री हेरनै नदिने र पाँच वर्ष सम्मकालाई दैनिक एक घण्टा भन्दा बढी नदिने । त्यसैगरी अन्य बच्चालाई अभिभावकको निग्रानिमा मात्रै प्रयोग गर्न दिने ।
३. खानेकुरा खाने बेलामा बालबालिकालाई टिभी मोबाइल हेर्न नदिने र हेरेको बेलामा खानेकुरा खान नदिने ।
४. नियमित रुपमा व्यायाम गर्ने । कम्तिमा एक दुई घण्टा घरभित्रै योगा वा शारीरिक व्यायाम गर्नु पर्दछ ।
५. खाली समयमा चित्र बनाउने, पुस्तकहरु पढ्ने, हेन्ड राइटिङको अभ्यास गर्ने , सामान्य ज्ञान तथा उपलब्ध पुरानै भएपनि पत्रपत्रिका पढ्ने बानी बसाल्नु पर्दछ ।
६. बालबालिकाहरु मानसिक रुपमा धेरै डर त्रासमा रहेको यो अवस्थामा अभिभावकले उत्प्रेरणा मुलक कथा, कविता, तथा अन्य सामाग्री सुनाउने / देखाउने गर्नु पर्दछ जसबाट बालबालिकामा रहेको भय निर्मुल होस् ।

यो संकटको समयमा बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने जिम्मेवारी अभिभावकको हो । बालबालिकालाई घरमै रमाउन सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।

(डाक्टर भण्डारी देवदह मेडिकल कलेज, मेडिटेक इन्टर्नेशनल हस्पिटल तथा तिनाउ इन्टर्नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra