शुक्रबार, अशोज २५, २०८१ Friday 11th of October 2024

किन चाहियो घर घरमा अक्सिजन प्लान्ट ?

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, जेष्ठ ५, २०७८


किन चाहियो घर घरमा अक्सिजन प्लान्ट ?

कवि भुपी शेरचनले भनेका छन ‘ यो हाल्लै हल्लाको देश हो ।’ केही थान हल्लाको पछाडि कुद्नेहरूलाई यो भनाइ र यो लेख नमिठो लाग्ने कुरा सुरुमै अवगत गराउन चाहन्छु तर सत्यता यहीँ हो कि ‘यो हल्लै हल्लाको देश हो’ यहाँ हल्लाको खेती मौलाउँदो छ । प्राकृतिक हिसाबले धनी देश नेपालमा वन जंगलको कमी छैन हामीकहाँ वन जंगल छ तर अक्सिजन छैन । तपाईं लाई ‘वन जंगल छ अक्सिजन छैन’ भन्ने पढ्दै गर्दा यो कुरा हावादारी हो । झै लाग्यो होला, लाग्नु स्वभाविक हो तर वास्तविकता यो हो कि यतिबेला विश्वमा कोरोना भाइस (कोभिड १९)ले आफ्ना विभिन्न रूप बदलेर हामीलाई प्रताडित पारिरहेको छ । र त अस्पतालमा अक्सिजनको अभाव छ सोही कारण हरेक घण्टा कहीँ न कहीँ, कोही न कोही स्वासप्रस्वास प्रक्रिया रोक्न बाध्य भएका छन् ।

भनिन्छ नि ‘जब पर्यो राति तब बुढी ताती’जब अहिले हामी कहाँ अक्सिजन छैन बल्ल हामीले अक्सिजन प्लान्ट (अक्सिजन उत्पादन गर्ने उद्योग) खोल्ने तरखरमा छौँ । पैसा छ तर एक सिलिन्डर अक्सिजन नपाएको झोकमा घरमै अक्सिजन प्लान्ट खोल्न सोचमा हामी छौँ । अहिले हल्ला पिटिएको छ कि अक्सिजन प्लान्ट भयो भने वा भनौं अक्सिजन प्रयाप्त भयो भने कोरोना भाइरस विश्वबाट लखेटिनेछ । तर यो सत्य कुरा होइन । नेपाल एउटा भुगोल र जनसंख्याको हिसाबले सानो देश हो । यहाँ त्यति ठुलो मात्रामा कुनै पनि कुराको खपत हुँदैन भने ठाउँ ठाउँमा खोलिएका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन कसरी खपत होस् । अहिले कोरोना भाइसरले उठाएको रिसको झोकमा हल्ला सुनिए बमोजिम करोडौंको लागतमा खोलिएका वा खोल्न थालिएका अक्सिजन प्लान्टहरु केही दिनमै(कोरोना कम भएपछि) कवाडीको भाउमा बिक्री हुनेछन । अलि बिकटमा रहेछ भने कवाडीले पनि उठाउन धौधौ मान्नेछ तसर्थ करोडौं लगानी गर्नु पहिले सोच्ने कि ?

मैले माथि तपाईंका अक्सिजन प्लान्ट कवाडीले पनि उठाउने छैन भन्दा तपाईं लाई फेरि झनक्क रिस उठ्यो है, रिस उठ्नु स्वभाविक हो । यस्तो अक्सिजन ग्यासको चरम अभावमा बल्ल बल्ल खोल्न थालेको अक्सिजन प्लान्टलाई कवाडी सामानसंग पनि सहि हिसाबले तुलना नगर्दिदा रिस उठ्छ, रिस उड्नु अनिवार्य मानविय संवेग हो ।

अब साबिक (कोरोना महामारी पहिले) हिसाबले लुम्बिनी अञ्चलको कुरा गरौँ । यो अञ्चलमा जम्मा ३ वटा अक्सिजन प्लान्ट थिए ती अक्सिजन प्लान्टले यस अञ्चलमा रहेका प्रतिष्ठानहरु, अस्पतालहरू, उद्योग कलकारखानाहरू जहाँ अक्सिजन खपत हुन्छ त्यहाँ फालाफाल अक्सिजन त पुर्याएकै थिए, होइन र ? यदि हो भन्नेमा तपाईं राजी हुनुहुन्छ भने अब खोल्न थालिएका हरेक जिल्ला, जिल्ला, हरेक अस्पताल र अहिले कोरोनाका कारणले अक्सिजन ग्यास नपाएका अन्य कलकारखानाले करोडौं लगानी गरेर अक्सिजन प्लान्ट निर्माण गरेर उत्पादित अक्सिजन कहाँ खपत हुने हो ? कि तपाईंले सोचिरहनु भएको छ कोरोना भाइरस यहीँ हिसाबले बढिरहन्छ र यसको विशेष खालको उपचार जो हुदैन र उद्योग धन्दा पनि धमाधम खुल्नेछन जसको कारण अहिले भएका र जोड्न थालिएका सबै अक्सिजन प्लान्ट चल्नेछन । यो त पक्कै हो कि सबै चल्दैनन् । धेरैमा त उक्त प्लान्ट चलाउने प्राविधिक नै हुनेछैनन् । प्रविधिक भैहाले तलब सम्म दिन सक्ने उपाय हुनेछैन । तसर्थ अहिले हल्लामा आएका ९५% अक्सिजन प्लान्ट बन्द हुनेछन र जसका सामन कवाडीले सम्म नउठाउने दिन छिट्टै आउनेछ ।

यो कुरामा मेरो मात्रै दाबी होइन । अब धेरै मान्छेहरुले यो विषयमा आवाज उठाउनेछन । वरिष्ठ मनोचिकित्सा डाक्टर मनोज ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन “जब राती तब बुढी ताती र मुतो कम – फैलाओ ज्यादा को नितीमा अब oxygen plant मा पैसा खनाउनु (घाट पछि को वैध्य) भन्दा चाडो भन्दा चाडो खोपको जोहो गरौं। नत्र पैसा oygen plant को नाम मा स्वाहा , खोप किन्न रुवाबीसी ।” यस्तै खाले आवाज उठ्न थालेका छन । बरु स्तरीय अस्पताल बनाउँ, डाक्टर ढुङ्गानाले भनेझैं कोरोना बिरूद्धको खोप किनौं । या अन्य मानव कल्याण गरौं ।

उदाहरणको लागि मेरो जन्म थलो गुल्मी जिल्लामा प्रिय पत्रकार मित्रहरूले स्वतस्फूर्त रूपमा अक्सिजन प्लान्ट निर्माण गर्नको लागि भनेर लाखौं रकम उठाउनु भएको समाचार सुन्न, पढ्न पाइएको छ । विपदमा एक जुट हुने गुल्मेलीको बानि हो । जनप्रतिनिधिमा पनि को पहिलो हुने भन्ने होडबाजी चलेको छ । जनप्रतिनिधिको पहलमा पनि ठुलै रकम जुटेको छ । चाहे त्यो रकम सरकारी वा निजी तवरले उठोस तर त्यो रकम बाट निर्माण गर्ने सोच गरिएको त्यो अक्सिजन प्लान्ट भोलि बन्द हुने त होइन । रिडी- रुद्रवेणी सडक खण्ड, रेसुङ्गा विमान स्थल झै घर न घाटको त हुने होइन ? यसो अनुमान लगाउनु होस् त कोरोना आउनु पुर्व समग्र गुल्मी जिल्लामा हरेक दिन कति सिलिन्डर अक्सिजन खपत हुन्थ्यो ? पक्कै सधैंभरि कोरोना महामारी रहिरहन्न ? झ्यापझुप उद्योग पनि खुल्ने छैनन् खुलिहाले पनि गुल्मीकै प्लान्टबाट उत्पादित अक्सिजन नकिन्न पनि सक्छन । अब जोडिने अक्सिजन प्लान्टबाट उत्पादित हरेक दिन सयौं सिलिन्डरको बजार कहाँ हो? कहाँ बिक्री गर्ने सोचमा हुनुहुन्छ ? उद्योग चलाउने प्राविधिक को हुन ? कति तलब दिन सक्ने अनुमान गर्नुभएको छ ? तसर्थ बालुवामा पनि नखनाउनुस् बरु जिल्लामै स्तरिय अस्पताल खोल्नुस । जसबाट सबैको कल्याण हुन्छ । यो विषयमा हाम्रा गुल्मेली जनप्रतिनिधि, देशमै नाम कहलिएका विद्वान / बुद्धिजीवी, उद्योगी व्यापारी र खासगरी समाजको चौथो अंग पत्रकार साथिहरुलाई पुन एकपटक सोच्न अनुरोध गर्दछु । केही गरौँ भन्दा खुट्टा तान्यो नभन्नु होला तर सत्यता यो पनि हो ।

यसैबीच सरकारले पनि अक्सिजन प्लान्ट खोल्ने भन्दै करोडौं बजेट छुट्याएको समाचार सुन्न पाइएको छ । उद्योगी विनोद चौधरीले पनि अक्सिजन प्लान्ट खोल्ने भनेका छन । यति भनिरहँदा मैले अक्सिजन प्लान्ट नखोलौं भनेको होइन आवश्यक मात्रै खोलौं भनेको हुँ । सरकारी र निजी दुबै निकायले फेरि सोचौं / पुनर्विचार गरौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra