आइतवार, बैशाख २, २०८१ Sunday 14th of April 2024

अस्पताल विकास समितिसंग स्वास्थ्य मन्त्रालय

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : सोमवार, असार २८, २०७८


अस्पताल विकास समितिसंग स्वास्थ्य मन्त्रालय

२८ असार बुटवल । लुम्बिनी प्रदेश सरकार मातहतका अस्पताल विकास समिति र आयुर्वेदिक चिकित्सालयका अध्यक्ष तथा प्रतिनिधिसंग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा आइतबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले हरेक व्यक्तिको विचार फरक फरक हुन सक्छ तर अस्पताल मान्छेको जीवन बचाउने साझा संस्था भएकोले विना कुनै पुर्वाग्रह अस्पताल केन्द्रित विकास गर्नुपर्ने बताए । उनले अस्पताल विकास समितिका पदाधिकारीले सर्वपक्षीय समन्वय, सहकार्य गरेर अस्पतालको विकास गर्न अनुरोध गरे । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले भने – ‘तपाईंको कार्यकालमा कम्तिमा एउटा सबैले राम्रो भन्ने काम गर्नुस, जुन कुरा सधैंभरि सम्झिरहन सकियोस् ।’ राम्रो सेवा दिन नसक्नु भन्दा सेवा नै नदिन ठिक रहेको बताउँदै मन्त्री श्रेष्ठले सरकारी अस्पतालहरू सर्वसाधारणको स्वास्थ्य उपचार गर्ने थलो भएको बताउँदै मुस्कान सहितको गुणस्तरीय स्वास्थ्य उपचार नपाएर कसैलाई फर्किन नपर्ने गरि स्वास्थ्य उपचारको ब्यवस्थापन गर्न अनुरोध गरे । ‘अस्पताल केन्द्रित राम्रो काम गर्नुस्, कानुन विपरीत नगर्नुस यदि तपाईंले राम्रो काम गर्नु भयो भने त्यो कामको नजिर बस्छ, जुन कानुन नै बन्न सक्छ ।’ उनले भने । उनले नि:शुल्क रक्तसेवा विस्तार गर्न सबै अस्पतालका अध्यक्षहरूलाई अनुरोध गरे ।

मन्त्रालयका सचिव डा विकास देवकोटा

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिदै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डाक्टर विकास देवकोटाले सरकारले बिरामीको आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको बताउँदै हाल सेवाका हिसाबले मिश्रित प्रणाली ( नि: शुल्क, स्वास्थ बिमा र सशुल्क)मा अस्पताल व्यवस्थापन गरिएको बताए । सचिव देवकोटाले अस्पताल विकास समिति समग्र अस्पताल र सरोकारवालाको अभिभावक रहेको बताउँदै स्वास्थ्य समाग्रीकोअनुगान, निरीक्षण गर्नुका साथै अस्पतालसंग सम्बन्धित सबै पक्षको जवाफदेही रहने बताए । सहि समयमा सहि सुचना सम्प्रेषण गर्नुका साथै सर्वपक्षीय सुशासन निर्माण गर्ने जिम्मेवारी पनि विकास समितिको रहेको बताए । स्वास्थ्यकर्मीको जोखिम भत्ता छिट्टै आउने बताउँदै देवकोटाले प्रदेश सरकारले खटाएका करारका कर्मचारीको निरन्तरता रहने बताए ।अन्तरक्रिया कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले अस्पताल विकास समितिका पदाधिकारीहरूलाई अस्पतालबाट प्रवाह हुने नियमित तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ, अस्पताल विकास समितिको भूमिका के हो ? अस्पतालको सेवा मार्गदर्शन, सेवा विस्तार सम्बन्धि सम्भावना र चुनौती के के हुन ? अस्पतालका समस्याहरू के हुन ? अस्पतालहरूले कोभिड १९ लगायत अज्य महामारी तथा विपदको अवस्थामा स्वास्थ्य सेवाको व्यवस्थापनलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

फविन्द्र आचार्य रोल्पा

प्रदेश सरकार मातहतका अस्पताल विकास समिति तथा आयुर्वेद चिकित्सालयका प्रतिनिधिहरूले आफू सम्बद्घ संस्थाको विगत र वर्तमान स्थिति बारे बताए । कार्यक्रममा आमन्त्रित संघिय मातहतको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले लुम्बिनी प्रादेशिक अस्पतालको सिको गर्दै अस्पताल परिसरका सटरहरू हटाएर सुन्दर पर्खाल लगाउन लागेको बताए । कार्यक्रममा बोल्दै राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले आफ्नो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले १/२ घण्टा भन्दा बढी समय अस्पतालमा नबिताउँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको बताए । स्थानीय सरकारले सहयोग नगरेको बताउँदै रामपुर अस्पताल विकास समितिकि सदस्य ईश्वरी देवी खनालले रामपुर नगरपालिकाले मिडिया सामु प्रतिबद्धता गरेका धेरै कुरा पूरा नगरेको बताइन। उनले अस्पतालमा क्वाटर नभएको तथा शव वाहन नभएको बताइन् ।

ईश्वरीदेवी खनाल रामपुर पाल्पा

जनचेतनाको कमि भएका कारण आयुर्वेदिक उपचारमा जनताको विश्वास नरहेको बताउँदै गुल्मी आयुर्वेद चिकित्सालयको अध्यक्ष गोविन्द गौतमले सरकारले आयुर्वेदमा यथोचित बजेट व्यवस्थापन गर्न अनुरोध गरे । देशकै कान्छो तथा प्रदेशको एकमात्र हिमाली जिल्ला भएको कारण विकासका हरेक पूर्वाधारमा रूकुम पुर्व जिल्ला कमजोर रहेको बताउँदै रुकुम पुर्व अस्पताल विकास समितिकि अध्यक्ष फत्तेकुमारी ओलीले अस्पतालको भवन नभएको, स्वास्थ्य उपकरण, शव वाहन लगायत नभएको बताइन् । ‘तपाईंकोमा डाक्टर छन र सहि सेवा दिदैनन्, स्वास्थ्य सामाग्री छन र त बिग्रन्छन तर रोल्पा अस्पतालमा दुवै चिज नभएको हुँदा समस्या छैन भन्दै’ व्यङ्ग्य गर्दै अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले रोल्पा जिल्लाले एकजना एमडिजिपी डाक्टरको अनुहार हेर्न चाहेको बताए । चाहना हुने हो भने अस्पताल विकास गर्न सजिलो हुने बतनउँदै लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले अब छिट्टै अस्पतालबाट ओपिडी टिकट, इमर्जेन्सी टिकट तथा जनरल बेड नि:शुल्क गर्न लागेको बताए ।

फत्तेकुमारी ओली रुकुम पुर्व

सहभागीहरूलाई अब आउनसक्ने तेस्रो भिरियन्टबाट बच्न सरकारको मापदण्ड र अस्पतालको आवश्यकता दुई हजार ७५ वटा अक्सिजन सिलिन्डर, तीन वटा फ्रिज, १० वटा भिडियो एक्सरे, पाँच वटा बाइप्याप र १० वटा सिप्याप हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra