शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठको ९९ दिने कार्यकाल विज्ञप्ति सहित

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८


स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठको ९९ दिने कार्यकाल विज्ञप्ति सहित

२७ साउन, बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले पत्रकार सम्मेलन गरेर राजिनामा बारे पुष्टि गरे । सो अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफ्नो ९९ दिने कार्यकालमा भएका कामहरू विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तो छ श्रेष्ठको विज्ञप्तिको पूर्णपाठ : –

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार साथीहरु,
लुम्बिनी प्रदेश सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीको रुपमा ९९ दिनको नेतृत्व लिने अवसर प्राप्त भएकोमा प्रथमतः लुम्बिनी प्रदेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको महाअभियानमा शहादत प्राप्त गर्ने सबै शहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रदाञ्जली अर्पण गर्दछु । कोमिड १९ बाट मृत्युवरण गर्ने सम्पूर्ण नेपाली आमा, बुवा, दाजु भाई तथा दिदी बहिनी प्रति हार्दिक श्रदाञ्जली सहित शौक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

आदरणीय पत्रकार साथीहरु,
मिति २०७८।०१।२२ गते आफ्नो पदबहालीसंगै यस प्रदेशका कुनै पनि नागरिकले उपचारको क्रममा आवश्यक पर्ने रगत निशुल्क रुपमा प्राप्त गर्ने व्यवस्थाका लागि “निशुल्क रक्त सेवा प्रदान लुम्बिनी प्रदेशको पहिचान” घोषणा गरी कार्यभार शुरु गरेको व्यहोरा यस अवसरमा पुर्नस्मरण गर्न चाहन्छु । स्वास्थ्य मन्त्रालयका नियमित काम कारवाहीहरुको संगसगै कोभिड १९ को महामारीबाट आक्रान्त लुम्बिनी प्रदेशमा यसको सहज उपचार प्रबन्ध मिलाउनु पर्ने कठिन घडीमा मन्त्रालयको नेतृत्व लिएर छोटो समयमा त्यसको उपयुक्त व्यवस्थापन गर्न सफल भएकोमा गर्वको महशुस समेत गरेको छ । यस कामका लागि सहयोग, समन्वय र सहकार्य एवं राय सुझाव दिने सचिवालय, मन्त्रालयका कर्मचारीहरु, संघ संस्थाका प्रतिनिधीहरु, विकास साझेदार संस्थाहरु, स्थानीय तहका सरकारहरु, पत्रकारहरु लगायत केन्द्र सरकार एवं तत्कालिन अर्थमन्त्रालयका अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलले यस प्रदेशको कोभिड उपचारको प्रबन्ध मिलाउने सन्दर्भमा यस मन्त्रालयको आग्रहलाई सहजरुपमा स्वीकार गरी प्रदेश मातहतका १३ वटा सबै सरकारी अस्पतालहरुमा एच.डि.यू. र अक्सिजन प्लान्ट स्थापना गर्न करिब ८८ करोड बजेट उपलब्ध गराउनु भएको र उक्त कामहरु क्रमश: सम्पन्न भइरहेको जानकारी गराउन चाहन्छु । यसका साथै प्रदेशका दुवै प्रादेशिक अस्पतालहरुलाई विशिष्टकृत सेवा सहितको अस्पतालको रुपमा स्थापीत गर्न, प्रदेश मातहतका ११ वटा जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा न्युनतम ५ बेड आइसियु सहित स्तरोन्नत गर्न, आयुर्वेद तर्फका २ वटा प्रादेशिक आयुर्वेद चिकित्सालयलाई विशिष्टकृत आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नत गर्न एवं अन्य आयुर्वेद केन्द्रहरुलाई थप सेवा प्रवाहीकरणका लागि विकसित गर्न, प्रदेशको बुटवल क्षेत्रमा वृद्धहरुको लागि (जेरियाट्रिक विशेष अस्पताल )को सम्भाव्यता अध्ययन सहित डिपिआर निर्माण गर्न, प्रदेश मातहतका सबै जिल्ला अस्पतालहरुमा न्युनतम एक जना विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरी सेवा उपलब्ध गराउन, स्वास्थ्य क्षेत्रको सहज र गुणस्तरीय सेवा प्राप्तिमा नीजि सामुदायिक, सहकारी र सरकारी (PPCP) नीतिको कार्यान्वयन गर्न निर्वाचन क्षेत्र विशेष स्वास्थ्य साझेदारी कार्यक्रम संचालन गर्न, ८० वर्षका वृद्धहरुलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, १६ वर्ष मुनिका क्यान्सरका रोगीहरुलाई राहत योजना र कोभिङ व्यवस्थापनमा अग्रपंक्तिमा खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुलाई प्रोत्साहन गर्न, कोभिडको सम्भावित तेस्रो बेवको जोखिमलाई समयमै सही नियन्त्रण गर्न अस्पतालहरुलाई विविध स्वास्थ्य सामाग्रीहरुले सुसज्जित गर्ने एवं कोभिड विशेष अस्पतालको लागि प्रदेश सरकार मार्फत सिर्जना गरिएको दरबन्दिलाई निरन्तरता दिने निर्णय सहित सो मुताबिक बजेट व्यवस्थापन गरेको जानकारी गराउँदछु ।

आदरणीय पत्रकार साथीहरु,
यस सन्दर्भमा आ.व. ०७७/०७८ मा २ अरब ३३ करोड ८५ लाख ७९ हजार अर्थात प्रदेश सरकारको जम्मा बजेटको मात्र ६.६६ प्रतिशत मात्र बजेट रहेको यस मन्त्रालयमा आ.व. ०७८।०७२ का लागि विशेष पहलकदमी लिएर ४ अरब १९ करोड ५७ लाख अर्थात अर्थात प्रदेश सरकारको जम्मा बजेटको १०.२४ प्रतिशत पुराएको छु । यसका अलवा कोभिड व्यवस्थापनका लागि कोभिड कोष मार्फत थप बजेट व्यवस्थापन गरेको समेत जानकारी गराउँदछु ।

आदरणीय पत्रकार साथीहरु,
मेरो ९९ दिने कार्यकालमा कोभिड व्यवस्थापनको उचित व्यवस्था मिलाउनुका साथै सम्भावित तेस्रो जोखिमलाई समयमै नियन्त्रण गर्न सकियोस भनेर प्रादेशिक अस्पतालहरुमा न्युनतम आफ्नै ४०० थान, तराइका जिल्ला अस्पतालहरुमा न्युनतम २०० थान, पहाडका जिल्ला अस्पतालहरुमा न्युनतम १०० थान र दुर्गम तथा हिमाली जिल्ला अस्पतालहरुमा न्युनतम ७५ थान अक्सिजन सिलिण्डर मौज्दात रहने सेवा प्रवाह हुने व्यवस्था मिलाएको छ । यसका साथै केन्द्र सरकार, प्रदेश सरकार, विकास साझेदार संस्थाहरुसंगको सहकार्यमा स्थानीयतहद्वारा संचालित स्वास्थ्य संस्थाहरु देखि जिल्ला र प्रादेशिक अस्पतालहरुमा धेरै संख्यामा सामाग्री वितरण गरिएको छ । यस विचमा ग्रामीण तहमा हुने मातृमृत्युदरलाई नियन्त्रण गर्न २१ वटा स्थानीय स्वास्थ्य संस्थाहरुलाई २१ दिनको तालिम सहित करिव डेढ करोड बराबरको ग्रामीण अल्ढासाउण्ड मेशिन वितरण गरिएको छ । प्रदेश अर्न्तगत संचालित ४ वटा कोभिड विशेष अस्पताल र ४ वटा मेडिकल कलेजको कोभिड विशेष अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद मार्फत अनुसन्धान कार्य सम्पन्न भएको छ भने आइसोलेसन सेन्टरहरुको समेत अध्ययन कार्य सम्पन्न भएको छ । हाल सम्म १५५ थान एच डि यु बेड थप १३ अक्सिजन प्लान्ट स्थापनाको क्रममा ४२ वटा आइसियु बेड थप, २३ वटा भेन्टिलेटर थप ५०० भन्दा वढी संख्यामा अक्सिजन कन्सन्टेटर, २१ वटा स्वास्थ्य संस्थालाई अल्दासाउण्ड मेशिन वितरण गरिएको छ । कोभिडको अत्याधिक जोखिम कै विचमा स्वास्थ्यकर्मीहरुलाई आत्मवल वढाउन १२ जिल्लाका सबै सरकारी अस्पताल र आइसोलेस सेन्टरहरुको स्थलगत अध्ययन गरिएको छ । कोभिड १९ बाट मृत्युवरण गरेका परिवारलाई रु १ लाख जनही राहतको व्यवस्था तथा वितरण निर्णय सहित कपिलवस्तु जिल्लालाई पूर्ण खोप घोषणा गरिएको छ भने रुकुम पूर्व पनि पूर्ण खोप घोषणाको लागि पूर्ण तयारी अवस्थामा रहेको र भाद्र महिनामै लुम्बिनी प्रदेश नै पूर्ण खोप घोषणाको तयारीमा रहेको जानकारी गराउँदछ । यसका साथै लामो समय सम्म नेतृत्व विहिन अवस्थामा रहेका अस्पताल विकास समिति गठन गरी विकास समिति, स्वास्थ्य संस्था तथा अस्पताल प्रमुख र स्थानीय तहका प्रमुखहरुसंग अन्तरकृया गरी जनस्वास्थ्यमा योजनाबद्ध, समन्वयात्मक रुपमा काम गर्ने बाताबरणको प्रबन्ध मिलाइएको छ ।

आदरणीय पत्रकार साथीहरु
पटक पटक हुने राजनितिक अस्थिरताका कारण विकासका योजनाहरुमा नकारात्मक प्रभावहरु परेकै छन् । यद्यपी यस मन्त्रालयलाई कसरी अगाडि बढाउने भन्ने बारेमा स्पष्ट रुपमा बजेट नीति तथा कार्यक्रमहरु बनाइएकोले आउने नेतृत्वबाट कार्यान्वयनमा तदारुकता भएमा प्रदेशको स्वास्थ्य अवस्था निर्वाध व्यवस्थित बन्ने कुरामा कुनै द्विविधा नरहेको स्पष्ट पार्दे सबैको रचनात्मक र सकारात्मक पहलकदमीका लागि हार्दिक अपिल गर्दछु ।

भोज प्रसाद श्रेष्ठ
मन्त्री
मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लुम्बिनी प्रदेश
२०७८।०४।२७

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra