शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया

  • कृष्ण गाउँले
  • प्रकाशित मिति : आइतवार, अशोज २४, २०७८


विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया

२४ असोज बुटवल । विश्व मानसिक स्वास्थ्य दिवसकोअवसरमा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय बुटवलको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिनुपर्ने बताए।

कार्यक्रममा मनोचिकित्सकद्वय देवदह मेडिकल कलेजका डा. विक्रम काफ्ले तथा लुम्बिनी प्रादेशिक अस्पतालका डा. एन्जल क्षेत्रीले समसामयिक मनसिक स्वास्थ्य क्षेत्रको अवस्था, मानसिक स्वास्थ्य क्षेत्रमा आफ्ना अनुभवहरु, मनसिक स्वास्थ्य क्षेत्रका भ्रमहरु, मानसिक स्वास्थ्यको क्षेत्रमा मनोपरामर्शको प्रभावबारे बताउँदै मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको बताए । सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको उनिहरुको भनाइ थियो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका हरिप्रसाद भुसाल र कोशिश नेपालकि प्रतिनिधि मनोविद यशोदा बगालेले विगत देखि वर्तमान सम्म मानसिक रोगको अवस्था, मानसिक स्वास्थ्य सेवा प्रदान गर्नमा समस्या र चुनौती, मानसिक स्वास्थ्य सेवा प्रदान गर्नमा सरकारले चाल्नुपर्ने कदम, मानसिक स्वास्थ्य सम्बन्धि तथ्य तथा मासिक स्वास्थ्य समस्याका बारेमा आ- आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमका अध्यक्ष लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका डा. पुष्पराज पौडेलले मानसिक स्वास्थ्य आधारभूत स्वास्थ्यमा पर्नेहुँदा नि:शुल्क उपचार आवश्यक रहेको बताए । उनले चिकित्सकले मात्रै नभइ मानसिक स्वास्थ्य उपचार गर्ने होइन सो विषयमा विज्ञता भएका जुनसुकै व्यक्तिले मानसिक स्वास्थ्य उपचार दिनु पर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. सागर न्यौपानेले विद्यालाय शिक्षामा मनोपरामर्श शिक्षा तथा मनोपरामर्श कर्ता आवश्यक रहेक‍ बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीकि उपाध्यक्ष अमृता अनमोलले जस्तोसुकै परिस्थितिमा सुचना सम्प्रेषण गर्नुपर्ने हुँदा स्वस्थ पत्रकारले स्वस्थ समाचार लेख्न सक्ने र देश स्वस्थ हुने हुँदा पत्रकारहरूलाई मनोपरामर्श आवश्यक रहेको बताइन् । नर्सहरुलाई कार्यबोझ बढी, रोजगारीप्रति सन्तुष्टि नहुँदा, बिरामी र नर्सको दर मिलान हुन नसक्दा मानसिक रुपमा नर्सहरुलाई दबाब रहेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालकि नर्सिङ प्रमुख ज्योति पौडेलले सो नियन्त्रण गर्न बेला बेलामा मनोपरामर्श आवश्यक रहेको बताईन् । सिद्धार्थ सामाजिक संस्था कपिलवस्तुका पोमनारायण पौडेलले समाजका उच्च पदस्थ व्यक्तिले मानसिक स्वास्थ्य समस्याको महत्त्व नबुझ्दा समस्या भएको बताए ।

 

नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हक अन्तर्गतप्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पँहुच हुने हकको व्यवस्था गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४ (ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ७ मा स्वास्थ्य, पुनर्स्थापना, सामाजिक सुरक्षा तथा मनोरन्जनको व्यवस्था गरिएको छ । ऐ. ऐनको दफा ३५ र ३६ ले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागी थप सेवा सुविधाको समेत सुनिश्चितता गरेको छ । तर आर्थिक वर्ष ०७७/०७८ मा ७११७ जनाले आत्महत्या गरेका थिए । नेपालमा हरेक दिन सरदर २० जनाले आत्महत्या गर्छन । सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेको १% पनि मानसिक स्वास्थ्य छुट्याइएको छैन । अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसको यसवर्षको नारा “असमान विश्वमा मानसिक स्वास्थ्य” रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra