मङ्लबार, चैत्र १३, २०८० Tuesday 26th of March 2024

किराले खाएको दाँत कसरी पार्ने निको जान्नुहोस् यि तरीका

  • स्वाथ्यपत्र संवाददाता
  • प्रकाशित मिति : शनिबार, असार २८, २०७६


किराले खाएको दाँत कसरी पार्ने निको जान्नुहोस् यि तरीका

दाँत स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति महत्वपूर्ण अंग हो । यसलाई स्वस्थ, सफा र सुन्दर राख्ने सबैको चाहाना हुन्छ । नचाहाँदा नचाहाँदै पनि विविध कारणले दाँतमा समस्या आउँछ । अधिकांशमा दाँतमा आउने समस्या मध्ये एक हो किरा लाग्ने र दुख्ने । दाँतमा किरा लाग्ने र दुख्ने किन हुन्छ ? यस्तो समस्याबाट छुटकारा पाउन के गर्ने ? दन्त रोग विशेषज्ञ डाक्टर राजिब सिंह

दाँतमा लाग्ने रोगलाई हामी सामान्य रुपमा लिन्छौ । दाँत सुन्दरताको लागि मात्र हो भन्ने धेरैको सोचाई छ । तर बेलैमा उपचार नगरे दाँतमा लाग्ने रोगले क्यान्सरसम्म हुने गर्दछ । दाँत तीन तहले बनेको हुन्छ । चिकित्साशास्त्रमा पहिलो बाहिर देखिने सेतो भाग, जसलाई इनामेल भनिन्छ । इनामेल भन्दा भित्रको भाग डेन्टिन र डेन्टिन भन्दा भित्रको भाग जसलाई पल्प भनिन्छ । पल्प दाँतको सबै भन्दा कमजोर र संवेदनशील भाग हो जहाँ रक्तसंञ्चार हुन्छ । मुख भित्र विभिन्न किसिमका व्याक्टेरिया हुन्छन् ।

हामीले खाएको खाना दाँतमा बसिरहँदा त्यस्ता व्याक्टेरियाले एसिड उत्पन्न गर्छ र यसले बिस्तारै किरा लाग्न सुरु हुन्छ । दाँतमा किरा लाग्ने धेरै कारणहरु छन् । जस मध्य दाँतलाई फोहोर राख्नु वा खाना खाए पछि ब्रस नगर्नु । जिब्रो तथा मुख राम्ररी सफा नगर्नु । वंशाणुगत गुण आदिले किरा लाग्छ । दाँत सिरिङ्ग हुने । खाएको कुरा दाँतमा अडकने । दाँत दुख्ने । दाँतमा इनामेलको भाग हराएर कालो देखिने । चपाउन गाह्रो हुने लक्षण देखिएमा दाँतमा किरा लागेको हुनसक्छ । दाँतमा किरा लाग्न नदिन दाँत सफा राख्नु पर्छ ।

बच्चा उमेर देखि नै ब्रस गर्न सिकाउने । सानो बच्चालाई आमाको दुध वा केही पनि चिज खाएपछि सफा नरम कपडाले गिजा, दाँत सफा गरिदिने । कम्तीमा ६ महिनामा एक पटक दन्त चिकित्सककोमा दाँतको परीक्षण गराउँदा यस्तो समस्याबाट बच्न सकिन्छ । किराले खाए पछि दाँत दुखाई पनि हुन्छ । दुखाई कम गर्न धेरैले खैनी, ल्वांको तेल लगाएतका कुरा हाल्ने गर्छन् । यसले क्षणिक रुपमा समस्या समाधान भएको अनुभूति भएपनि दिर्घकालिन रुपमा भने समाधान हुँदैन । त्यसैले दिर्घकालिन समाधानको बाटो खोज्नुपर्दछ । किराले खाएको दाँतको प्रकृति अनुसार दाँत भर्नेदेखि निकाल्नेसम्मको उपचार गर्नुपर्ने हुन्छ । यसको बेलैमा उपचार नगरे गिजा तथा मुखको क्यान्सर समेत हुनसक्छ । यस कारण समय, खर्च र दुखाई कम गर्नका लागि पनि एक त किरा लाग्न नदिन सजक बन्नुपर्दछ र जतिसक्दो छिटो विशेषज्ञको सुझाव बमोजिम उपचार गराउनु उत्तम हुन्छ ।
लसुन
दाँत दुखाइको पीडा न्यून गर्न लसुन एउटा आयुर्वे्दिक औषधि हो । लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाउँमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।
ल्वाङको तेल
ल्वाङको तेलमा एन्टिब्याक्टेरियल तत्व हुने भएकाले दुखाइ कम गर्छ । तेलमा हुने इयुजेनोल नामक तत्वले दाँतको संक्रमण कम गर्छ । कटनमा दुई–तीन थोपा तेल मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ ।
बेसार
बेसारमा हुने एन्टिब्याक्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।
काँक्रो
काँक्रोमा दुखाई शान्त पार्ने तत्व हुने भएकाले दाँत दुखाईमा यो उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । काँक्रोको गुदी दुखेको ठाउँमा राख्दा वा काँक्रो खाँदा दुखाई कम गर्छ ।
अशोक वृक्षको बोक्रा
अशोक वृक्षको बोक्राको धुलो पिसेर दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ ।
त्रिफला
हर्रो, बर्रो अमलाको धुलोलाई तातो पानीमा मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको कमा हुन्छ । यसले दाँत कुहिनबाट पनि बचाउँछ ।
तुलसी पात
त्यसो त तुलसीको पातका फाइदाका बारेमा आर्युवेदमा धेरै वर्णन गरिएको पाइन्छ । तुलसीको पातलाई तोरीको तेलमा मिसाएर दुखेको ठाउँमा लगाउँदा दुखाई कम गर्छ । अदुवा स् धेरै रोगको उपचारमा प्रयोग हुने अदुवा दाँतको दुखाई कम गर्न पनि प्रयोग गरिन्छ । अदुवालाई थिचेर दुखेको भागमा लगाउँदा यसले दुखाई कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra